• सोमबार, १५ भदौ २०८३
  • images

    क्यान्सरका बिरामीको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेर मृत्यु

    क्यान्सरका बिरामीको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेर मृत्यु

    बिहीबार , साउन ३ २०८१
    बिहीबार , साउन ३ २०८१
    क्यान्सरका बिरामीको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हामफालेर मृत्यु

    चितवन, ३ साउन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटलको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।


    मगरले बिहीबार बिहान पुरानो मेडिकल कलेज अस्पताल  ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेको चितवन प्रहरीले जनाएको छ । उनी २ साउनमा अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

    चितवन प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

    यस्तो छ प्रहरीको रिपोर्ट: 
    मिति २०८१/०४/०३ गते अं.१०:४० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.१० स्थितमा रहेको पुरानो मेडिकल कलेजमा जि.नवलपरासी हुक्सीकोट गा.पा.२ बस्ने बर्ष ७६ को बल बहादुर खाम्चा मगर  पिसाब थैलीमा क्यान्सर सम्बन्धीको बिरामी भई मिति २०८१/०४/०२ गते सोही अस्पतालमा ल्याई भर्ना गरी उपचार भई रहेकोमा निज बिरामी मिति २०८१/०४/०३ गते अं.१०:४० बजेको सोही अस्पतालको A ब्लकको तेस्रो तला माथीको झ्यालबाट खस्न गई गम्भिर घाईते भई सोही अस्पतालमा उपचार गराई रहेकोमा निजको ऐ. ११:३० बजेको समयमा मृत्यु भएको |

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार