• सोमबार, १५ भदौ २०८३
  • images

    राप्ती स्वास्थ्य प्रतिष्ठानमा दुई अत्याधुनिक ओटी थपियो, पालो कुर्ने बाध्यता हट्यो

    राप्ती स्वास्थ्य प्रतिष्ठानमा दुई अत्याधुनिक ओटी थपियो, पालो कुर्ने बाध्यता हट्यो

    मंगलबार, साउन १ २०८१
    मंगलबार, साउन १ २०८१
    राप्ती स्वास्थ्य  प्रतिष्ठानमा दुई अत्याधुनिक ओटी थपियो, पालो कुर्ने बाध्यता हट्यो

    दाङ, १ साउन  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक शल्यक्रिया  थिएटर सञ्चालनमा आएको छ । 

    शल्यक्रिया  गर्ने बिरामीको चाप अत्याधिक बढेपछि थप दुई वटा ओटी सञ्चालनमा ल्याईएको हो ।
    प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले थोेरैमात्रै अप्रेसन थिएटर हुँदा बिरामीहरुलाई अप्रेसनकै लागि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएकोमा अबदेखि उक्त समस्या हट्दै जाने बताए । 

    सुविधा सम्पन्न रहेका दुई वटा ओटीको एक कार्यक्रमका बीच उपकुलपति डा. लामिछानेले उद्घाटन गरेका हुन् । सो अवसरमा उपकुलपति डा. लामिछानेले प्रतिष्ठानमा विशेषज्ञ ओटि थपिएसंगै सेवामा सुधार हुँदै गइरहेको बताए ।

    त्यस्तै, प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले अस्पतालमा अप्रेसन गर्न ओटी थपिनु सुखद पक्ष भएको बताए । अप्रेसनका लागि बिरामी र चिकित्सकहरुले पालो कुर्नुपर्ने समस्या अबदेखि हट्दै जाने विश्वास व्यक्त गरे ।


    प्रतिष्ठानका ओटी इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले सुरुमा दुई वटा ओटिवाट सुरु गरेको अप्रेसन सेवा अब ६ वटा ओटी भएसँगै सेवालाई व्यवस्थित गर्नमा थप सहजता मिलेको बताए ।

    दैनिक २५ वटा बढी अप्रेसन हुँने गरेको जानकारी दिँदै उनले अप्रेसन गर्नुपर्ने बिरामीहरुको संख्या बढ्दै गएकाले ओटी विस्तारमा जोड दिईएको बताए ।

    प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटि सञ्चालनमा आएसँगै चिकित्सक र नर्ससहितको स्वास्थ्यकर्मी जनशक्ति व्यवस्थापन भइसकेको बताइन । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार