• सोमबार, १५ भदौ २०८३
  • images

    नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित , पीसीएल तर्फ ३२ प्रतिशत मात्रै  पास

    नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित , पीसीएल तर्फ ३२ प्रतिशत मात्रै  पास

    मंगलबार, असार १८ २०८१
    मंगलबार, असार १८ २०८१
    नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित , पीसीएल तर्फ ३२ प्रतिशत मात्रै  पास

     

    काठमाडौँ, १८ असार । नेपाल नर्सिङ परिषद्को गत शनिबार लिएको ३६ औ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित भएको छ । 
     परीक्षामा पीसीएल नर्सिङ तर्फ दुई तिहाई नर्सहरु फेल भएका छन् ।  बीएस्सी नर्सिङ तर्फ भने पास हुने प्रतिशत धेरै छ ।

    परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३२ प्रतिशत मात्रै पास भएका हुन् । खनालले पीसीएल नर्सिङ तर्फ १ हजार ६२० जना सहभागी भएकोमा ५१८ जना (३२ प्रतिशत) मात्रै पास भएको जानकारी दिइन् । 


    परिषदले लिएको  बीएस्सी नर्सिङतर्फको नतिजा भने उत्कृष्ट छ । सो परीक्षामा कुल १ हजार १५७ जना सहभागी हुँदा ९८३ जना पास भएका छन् ।

    यसले माथिल्लो तहको पढाईको गुणस्तरमा तल्लो तहको भन्दा राम्रो भएको अनुमान गरिएको छ ।

    परिषद्ले यसपटक मिडवाइफ र विशेषज्ञ नर्सको परीक्षा मंगलबार (१८ असार)का लागि तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार