• सोमबार, १५ भदौ २०८३
  • images

    विएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

    विएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

    चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयका नाममा आदेश

    बिहीबार , जेठ २४ २०८१
    बिहीबार , जेठ २४ २०८१
    विएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

    काठमाडौँ, २४ जेठ । सर्वोच्च अदालतले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ ।

    नविकरण नभएको लगायतका कारण देखाउदै चिकित्सा शिक्षा आयोग तथा काठमाडौँ विश्वविद्यालयले सम्वन्धन दिन आलटाल गरेपछि परेको रिटमा सर्बोच्चले १५ दिनको अवधी तोकी परमादेश जारी गरेको हो ।
    अदालतको आदेशपपछि विएण्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले वर्षौपछि न्याए पाएको प्रतिक्रिया दिए । 

    न्यायाधीशहरु डा कुमार चुडाल र सारंगा सुवेदीको इजलासले गत १२ चैतमा गरेको फैसलाको पूर्णपाठमा काठमाडौं विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा १५ दिन भित्र सम्वन्धन दिन परमादेशको जारी गरेको हो । ।


    सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘यस वर्षको शैक्षिक सत्र सुरू हुनुअघि एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू।’ यो फैसलासँगै १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले यसवारेमा निर्णय गर्नुपर्नेछ।

    डा गोविन्द केसीले विगतमा गरेका अनसन र त्यसमा सरकारले गरेका सम्झौँताका कारण कतिपय नयाँ मेडिकल कलेजका सम्वन्धन रोकिएको थियो । यसै मध्येको एक हो बीएण्डसी मेडिकल कलेज । कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले लामो समय देखि सम्वन्धन रोकिएपछि सर्बोच्चमा रिट दायर गरेका थिए ।

    May be an image of ticket stub and text

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार