• सोमबार, १५ भदौ २०८३
  • images

    एमाले नेता दुर्गा प्रसाईंद्वारा साङ्लोले बाँधेर राखिएका युवाको उद्धार, सम्पूर्ण उपचार खर्च विएण्डसीले ब्यहोर्ने 

    एमाले नेता दुर्गा प्रसाईंद्वारा साङ्लोले बाँधेर राखिएका युवाको उद्धार, सम्पूर्ण उपचार खर्च विएण्डसीले ब्यहोर्ने 

    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    एमाले नेता दुर्गा प्रसाईंद्वारा साङ्लोले बाँधेर राखिएका युवाको उद्धार, सम्पूर्ण उपचार खर्च विएण्डसीले ब्यहोर्ने 

    झापा  । नेकपा एमालेका नेता तथा विएण्डसी मेडिकल कलेज,शिक्षण अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका एक युवाको उद्धार गरि उपचार गर्नुभएको छ।   उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च विएण्डसी अस्पतालले व्यहोर्ने छ ।
    हल्दिबारी गाउँपालिका – ५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले घरको आँगनमै बाँधेर राख्दै आउनुभएको थियो।  उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाई छ ।
    हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए । छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्र प्रसादले दुखेसो गरेका  छन् । गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन ।गाउँपालिकाको कार्यालय अगाडि चन्द्रले छोरालाई साङ्गोलमा बाँधेर राखेपनि गाउँपालिकाले चासो नदिएको परिवारको गुनासो थियो । एमाले नेता दुर्गा प्रसाइले उक्त युवाको सम्पुर्ण उपचार खर्च विएण्डसी अस्पतालले ब्यहोर्ने बताउनुभयो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार