• सोमबार, १५ भदौ २०८३
  • images

    १० वर्षदेखि साँङ्लोले बाँधेर राखिएका युवकको दुर्गा प्रसाईँद्वारा उद्दार

    १० वर्षदेखि साँङ्लोले बाँधेर राखिएका युवकको दुर्गा प्रसाईँद्वारा उद्दार

     विएण्डसीमा निशुल्क उपचार सुरु

    हेल्दीखबर
    आइतबार, वैशाख २५ २०७९
    हेल्दीखबर
    आइतबार, वैशाख २५ २०७९
    १० वर्षदेखि साँङ्लोले बाँधेर राखिएका युवकको दुर्गा प्रसाईँद्वारा उद्दार


     झापा । विएण्डसी मेडिकल कलेजका कार्यकारी प्रमुख दुर्गा प्रसाईँ गरिबको सेवामा लाग्नुभएको छ । 
    उहाँले यसअघि पनि झापाका हजारौं व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिदिनुभएको थियो । प्रसाईँले कहिले स्वास्थ्य बीमा त कहिले पानीको अभावमा पिल्सिएका जनतालाई पानीको व्यवस्था समेत गरिसक्नुभएको छ । 
    आइतबार भने नेता प्रसाईँले १० वर्ष अघिदेखि साङ्लोमा बाँधेर  राखिएका एक युवकको उद्दार गर्नुभएको छ ।
    नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका प्रसाईँले झापा हल्दीबारीस्थित गोल्धापका २८ वर्षीय केशव बस्नेतको निवासमै गएर आइतबार उद्दार गर्नुभएको हो ।

    No description available.


    मनोबिरामी बस्नेतको स्वास्थ्य परीक्षण गराइ बीएण्डसी अस्पतालमा उपचार भैइरहेको छ,विएण्डसी अस्पतालका प्रशासन अधिकृत प्रमेस गिरीले भन्नुभयो,“प्रसाईँले यसअघि पनि हल्दीबारीबाट मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई निःशुल्क उपचार गरी उसको सम्र्पूण जिम्मेवारी लिइसक्नुभएको छ ।”
    जनसम्पर्क अधिकृत गिरीले उपचारको लागि खर्च नभएको कारण मनोबिरामी बस्नेतलाई  परिवारले साङ्लोले बाधेर राखेकोमा आज नेता प्रसाईँले उद्दार गरी उपचार गरिएको बताउनुभयो । 
    प्रसाईंले केही समय अघि पनि खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाँधिएका एक मानसिक बिरामी हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको उद्धार गरी निःशुल्क उपचार गर्नुभएको थियो । 

    No description available.

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार