• सोमबार, १५ भदौ २०८३
  • images
    स्वास्थ्यमा त्रिपुरासुन्दरी गाउँपालिका

    आमा बचाउ अभियान अन्तर्गत पालिकाका महिलाको नि:शुल्क पाठेघरको शल्यक्रिया

    आमा बचाउ अभियान अन्तर्गत पालिकाका महिलाको नि:शुल्क पाठेघरको शल्यक्रिया

    सोमबार, जेठ ७ २०८१
    सोमबार, जेठ ७ २०८१
    आमा बचाउ अभियान अन्तर्गत पालिकाका महिलाको नि:शुल्क  पाठेघरको शल्यक्रिया

    काठमाडौँ, ६ जेठ । सिन्धुपाल्चोक जिल्लास्थित  त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकाका महिलाहरूलाई नि:शुल्क पाठेघरको (आङ खस्ने समस्या) को शल्यक्रिया गरेको छ ।  

     पालिकाले आर्थिक अभावका कारण उपचार गर्न नसकी कुनै बर्सौदेखि रोग लुकाएर बसेका महिलाहरूको नि:शुल्क पाठेघरको शल्यक्रिया गरेको हो । 
    त्रिपुरासुन्दरी गाउँपालिकाले गतवर्ष पनि थापाथली स्थित प्रसुति गृहमा ल्याएर नि:शुल्क पाठेघरको शल्यक्रिया गरेको थियो। 

    health camp 3.jpg

    त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले पालिकाले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको जानकारी दिए। उनले हाल पालिकाले ‘आमा बचाऊ' अभियान सुरु गरेको जानकारी दिदै उक्त अभियान अन्तर्गत आङ खस्ने समस्या भएका महिलाहरुको शल्यक्रियामा लाग्ने सम्पूर्ण खर्च सहित सिन्धुपाल्चोकदेखि काठमाडौं लाने, बस्ने, खाने र ल्याउने समेतको ब्यबस्था गरिएको बताए ।
     शनिवार भक्तपुर जिल्ला अस्पतालमा बिरामीहरूको अवस्था बुझ्न आएका गाउँपालिका गाउँपालिका अध्यक्ष बोहराले शल्यक्रिया गरेका महिलाहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए ।

    धेरैजसो आमाहरूले आफ्नो रोगका बारेमा खुलेर भन्न नसक्दा अकालमा ज्यान गुमाउनु परेको अवस्था रहेको सुनाउँदै त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘आमा बचाऊ” अभियान सञ्चालन गरेको बताए ।
     कार्यक्रममा उत्साहजन सहभागि रहेको बोहरा बताउँछन् ।
    यस कार्यक्रमअन्तर्गत सुरुमा गाउँपालिकाका हरेक वडाबाट महिला स्वयमसेविकाहरू मार्फत महिलाहरूको स्वास्थ्यको अवस्थाबारे बुझ्ने काम गरिन्छ । 

    गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण साहले शल्यक्रिया गर्नुअघि  वडास्तरीय स्वास्थ्य सेवा केन्द्रमार्फत स्त्री रोगसम्बन्धी स्क्रीनिङ र उपचार शिविर सप्पन्न गरिएको बताए । उनले शिविरमा  ५०० जना आमाहरूको सहभागिता रहेको जानकारी दिदै ति मध्ये २१ जनाको पाठेघरको शल्यक्रिया गर्नुपरेको बताए। 

     

     उनका अनुसार शिविरबाट आङ खस्ने समस्याको शल्यक्रिया गर्नुपर्ने बिरामीको छनोट गरी काठमाडौँका विभिन्न अस्पतालसँग सहकार्य गरी नि:शुल्क रुपमा शल्यक्रिया गरिएको हो ।

     उनले आर्थिक स्थिति कमजोर भएका महिलाहरूलाई विशेष प्राथमिकता दिइने गरेको बताए ।
     उनले  गत वर्ष पनि परोपकार प्रसूती गृह अस्पतालमा  लगेर शल्यक्रिया गरेकोबताए।
     
    पालिकाले गत वर्ष आङ खस्ने समस्या भएका २१ जना आमाहरूको अप्रेसन गरेको  थियो भने यसपटक २६ जना आमाहरूको शल्यक्रिया गर्नुपर्ने अवस्था छ। ति मध्ये १७ जनाको अप्रेसन सम्पन्न गरिसकेको छ ।

    उनले आमाहरुका अनेकन समस्या हुन्छन्, त्यसमा पनि ग्रामीण जनजीवन र समुदायका आमाहरुको समस्या अरुभन्दा भिन्न प्रकारका छन्, त्यसैकुरालाई मध्यनजर गरेर आमा बचाउ” अभियान गाउँपालिकामा सुभारम्भ गरिएको त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष गीताकुमारी नेपाल बताउनुहुन्छ ।

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष टेकबहादुर गुभाजुले गाउँपालिका र वडाको समस्याहरू उस्तै खालका हुने भएकाले  आमाहरुलाई बचाउनुपर्छ भनेर ‘आमा बचाउ’ अभियान सुरु गरेको बताए।
    उनले विगत वर्षदेखि अभियान  सञ्चालन गरेको बताए। 

     

    सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका आमाहरूले स्त्री रोगसम्बन्धी  ‘आमा बचाऊ’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको बताए।
      त्रिपुरासुन्दरी गाउँपालिका घोर्थली सामुदायिक स्वास्थ्य केन्द्रका कार्यरत अनमी सावित्री विश्वकर्मा ले   गाउँपालिकाको  अभियानमा प्रभावकारी बन्दै गएको बताइन् ।

    उनले गाउँपालिकाले निरन्तर रुपमा स्वास्थ्य कार्यक्रम  सञ्चालन गरिरहेकोले विगतका वर्षहरूभन्दा आमाहरूले आफ्ना समस्याहरूलाई खुलेर भन्ने गरेको बताइन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार