काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । पार्टी विभाजनपछि नेता÷कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले उहाँ अस्वस्थ भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । ओली बिरामी भएपछि आजको औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ।
’यो बीचमा धेरै दौडधुप भएकाले होला। ज्वरो आएको छ’,उनले भने, ‘ आजका लागि तय भएको भेटघाट तथा भेला कार्यक्रम बन्द गरिएको छ।’