काठमाडौं, २० चैत । बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नेकपा (एमाले)बाट रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् ।
मंगलबार स्वास्थ्यमन्त्री श्रेष्ठसहित चार जना एमालेबाट प्रतिनीधित्व गर्ने मन्त्रीहरुले सपथ लिएका छन् ।
सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेसँगै श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
मन्त्री श्रेष्ठ यसअघि महालक्ष्मी नगरपालिकाको मेयर पदमा विजयी भएका थिए ।
रामेश्वर यसअघि २०७९ माघमा पनि एमालेबाट बागमतीको स्वास्थ्यमन्त्री बनेका थिए । एमालेबाट उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रीमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रीमा केशव पोखरेल र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रीमा एकलाल श्रेष्ठले पनि सपथ लिएका छन् । यसअघि एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला मन्त्री नियुक्त भइसकेका छन् ।
यस्तै, समाजवादीबाट रमा आले विनाविभागीय मन्त्री बनेकी छन् । बागमतीमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना, एमालेबाट ५ जना, समाजवादीवाट विना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बन्ने सहमति छ ।