• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौँ महानगरपालिकाको क्यान्टिनमा बासी खानेकुरा , महानगरले तिरायो ५० हजार जरिवाना

    काठमाडौँ महानगरपालिकाको क्यान्टिनमा बासी खानेकुरा , महानगरले तिरायो ५० हजार जरिवाना

    आइतबार, फागुन २० २०८०
    आइतबार, फागुन २० २०८०
    काठमाडौँ महानगरपालिकाको क्यान्टिनमा बासी खानेकुरा , महानगरले तिरायो ५० हजार जरिवाना
    काठमाडौं महानगरपालिका

    काठमाडौं, २० फागुन । काठमाडौँ महानगरपालिकाको क्यान्टिनले बासी खानेकुरा खुवाउने गरेको छ ।  

    बासी खानेकुराहरु खुवाउने आफ्नै कार्यालयको क्यान्टिनलाई महानगरले  ५० हजार जरिवाना तिराएको छ ।

    क्यान्टिनको खानाका विषयमा गुनासो आएपछि अनुगमनका क्रममा खानेकुराहरु बासी पाइएपछि काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार जरिवाना तिराएको हो ।


    उक्त क्यान्टिनमा पकौडा बासी पाइएको र बासी खाना खुवाउने गरेको पाइएकाले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा.अवधेश झाले बताए ।

     

    ‘मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो । हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ । यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ । झाले भने, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ । सञ्चालकले खानेकुरा दिन मानेका थिएनन् ।’

    अनुगमनपछि खाना बनाउन प्रयोग गरिने तेल बढीमा ४ पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, बासी खानेकुरा नखुवाउन निर्देशन दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार