• सोमबार, १५ भदौ २०८३
  • images

    गोकर्णेश्वर नगर अस्पतालको भवन सिलान्यास              

    गोकर्णेश्वर नगर अस्पतालको भवन सिलान्यास              

    स्वास्थ्य मन्त्रीले भने:- म पदमा भए या नभएनि स्वास्थ्य र शिक्षामा सधैं लागिरहन्छु

    बिहीबार , फागुन १० २०८०
    बिहीबार , फागुन १० २०८०
    गोकर्णेश्वर नगर अस्पतालको भवन सिलान्यास              

    काठमाडौं, १० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका - ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गरेका छ्न। 

    बिहिवार सिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ।  अस्पताल निर्माणका लागि सरकारले साडे  २२ करोड रुपैयाँ  बजेट बिनियोजन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनु पर्ने बताए । मन्त्री बस्नेतले निर्माण व्याबसायी समेत रहेका संविधान सभा सदस्य जनार्दन ढकालले समयमै अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे । आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य सधै लागि रहेको दाबी गर्दै मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए । संविधानले हरेक जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेकोले पैसा नभएको कारणले कुनै पनि नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने दाबी मन्त्री बस्नेतको छ।  गोकरणेश्वर नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने अभियान चलाएकोमा मन्त्री बस्नेतले नगरपालिकाका मेयर दीपक रिसाललाई धन्यवाद दिए । चिकित्सा शिक्षा ऎन चाडैं परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा पढ्न पाउने अवसर बस्नेतको दाबी छ।   कार्यक्रममा प्रतिनिधि सभा अर्थ समिती सभापति सन्तोष चालिसेले अस्पताल सिलान्यास भएकोमा खुशी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिए। सभासद बिष्णुदेबी पुडासैनीले नगर पालिकाले स्वास्थ्यमा उदाहरणिय काम गरेको बताए । नेकपा एमालेका पूर्व सभासद् कृष्ण रायले अस्पताल समय सम्पन हुनुपर्ने बताए । बाग्मती प्रदेशका सभसदहरु बिमल ठकुरी र छिरिङ दोर्जे लामाले निजी क्षेत्रको स्वास्थ्य सेवा महङ्गो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । गोकर्णेश्वरमा मृगौलाका बिरामीको लागि डायलासिस सेवा सुरु गरिदिन स्वास्थ्य मन्त्री बस्नेतलाई आग्रह गरे । नगर प्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरि रहेको बताए । निर्माण व्याबसायी जनार्दन ढकालले सरकारले समयमै भुक्तानी गरिदिए समयमै अस्पताल सम्पन्न गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार