• सोमबार, १५ भदौ २०८३
  • images

    ग्यास गिजरका कारण युनेश काफ्लेको मृत्यु 

    ग्यास गिजरका कारण युनेश काफ्लेको मृत्यु 

    सोमबार, माघ १५ २०८०
    सोमबार, माघ १५ २०८०
    ग्यास गिजरका कारण युनेश काफ्लेको मृत्यु 

    हेटौँडा, १५ माघ । शौचालयमा शौच गर्न गएका २५ वर्षिय युवको ग्यास गिजरका कारण निसास्सिएर मृत्यु भएको छ । 
    सोमबार दिउँसो हेटौँडा–९, लामसुरेका युवा युनेश काफ्लेको बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण मृत्यु भएको हो । 
     जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार  बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए । 

    परिवारले बोलाउँदा नबोलेपछि ढोका फोरेर हेर्दा बेहोस अवस्थामा काफ्लेको उद्धर गरिएको थियो । उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 
    प्रहरी निरीक्षक शाहले  शौचालय–बाथरुममा रहेको ग्यास गिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार