• सोमबार, १५ भदौ २०८३
  • images

    हेटौंडा अस्पतालमा कार्यरत डाक्टर निजी क्लिनिकमा भेटिए तत्काल निलम्बनमा पर्ने

    हेटौंडा अस्पतालमा कार्यरत डाक्टर निजी क्लिनिकमा भेटिए तत्काल निलम्बनमा पर्ने

    हेल्दीखबर
    मंगलबार, असार ७ २०७९
    हेल्दीखबर
    मंगलबार, असार ७ २०७९
    हेटौंडा अस्पतालमा कार्यरत डाक्टर निजी क्लिनिकमा भेटिए तत्काल निलम्बनमा पर्ने

    मकवानपुर । हेटौंडा अस्पतालमा कार्यरत डाक्टरहरु ड्युटीको समयमा निजी क्लिनिकमा भेटिए तत्काल निलम्बन गरिने भएको छ । 

    हेटौंडा अस्पताल प्रशासनले अस्पतालमा कार्यरत डाक्टर निजी क्लिनिकमा भेटिएको अवस्थामा तत्काल निलम्बन गर्ने चेतावनी दिएको छ ।

    आज पत्रकार सम्मेलन गर्दै अस्पतालले  डाक्टरहरु अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा भेटिए तत्काल निम्लबन गर्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईँले हेटौंडा अस्पतालमा कार्यरत डाक्टर अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा भेटेको खण्डमा तत्काल निलम्बन गर्ने बताउनुभयो । 

    अस्पतालले तोकिएको समयमा निजी क्लिनिकमा उपचारका लागि जान हामीले रोक लगाएका छौं,उहाँले भन्नुभयो,“यदि अर्को अस्पतालमा या क्लिनिकमा हेटौंडा अस्पतालमा कार्यरत डाक्टरले काम गरेको अवस्थामा निलम्बन गर्न तयार छौं ।’ उहाँले अस्पतालले कोरोनाको उपचारबापत ३ करोड र बीमा कार्डबाट उपचार गरिएको रकम ६ करोड रुपैयाँ राज्यसँग लिन बाँकी रहेको बताउँनुभयो ।

    राज्यबाट रकम नआउँदा आर्थिक रुपमा समस्या परिरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले निःशुल्क औषधि हाम्रो कारण वितरण नभएको होइन भन्दै प्रदेश र संघीय सरकारले तोकिएको निःशुल्क औषधि थोरै पठाउँदा छिट्टै सकिएको हो ।

    अस्पतालको मेडिकल सुपरिटेण्डेन्ड डा.रामचन्द्र सापकोटाले भवन र दक्ष चिकित्सक अभावका कारण आफ्नो सेवालाई पूर्ण रुपमा संचालन गर्न कठिन भएको बताउनुभयो । उहाँले हाम्रो अस्पताल ५० बेडको हो,“थोरै दक्ष जनशक्तिमा हामीले धेरै काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।”  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार