• सोमबार, १५ भदौ २०८३
  • images

    गायीका मेनुका पौडेलले एक्लै हिंड्न र सजिलैसँग पढ्न सक्ने 

    गायीका मेनुका पौडेलले एक्लै हिंड्न र सजिलैसँग पढ्न सक्ने 

    बुधबार, माघ १० २०८०
    बुधबार, माघ १० २०८०
    गायीका मेनुका पौडेलले एक्लै हिंड्न र सजिलैसँग पढ्न सक्ने 

     

    काठमाडौं, १० माघ । गायीका मेनुका पौडेल अब एक्लै हिंड्न सक्ने भएकी छन् । उनले  मान्छे चिन्न र सजिलैसँग पढ्न पनि सक्छिन् ।  
    इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले यी काम गर्न सक्नेछिन् ।
    इन्डियन आइडल गायन रियालिटी शोमा गायीका मेनुका  उत्कृष्ट १० मा छनोट भइसकेकी छिन् ।
    इन्डिएन आइडलकै टिमले मेनुका मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप समेत गराएको थियो ।
    मेनुकालाई यो उपचारमा इण्डियन आइडलले सघाउने भएको छ । स्वास्थ्य परीक्षणमा मेनुकाको आँखाको नभ्र्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन सक्दिनन् । 
    विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताए ।

    ती डाक्टरका अनुसार ‘आँखामा अप्टिक नभ्र्स हुन्छ । मेनुकाको त्यो नभ्र्सले काम गरेको छैन । उनले पूर्णरुपमा देख्न सक्ने सम्भावना छैन । यो परिस्थितिमा हामीसँग यस्तो डिभाइस छ, जसले केही कामहरु आफैं गर्न सक्छ । 

    ती चिकित्सकका अनुसार त्यो उपकरण राखेपछि मेनुकाले एक्लै हिंड्न, मान्छेको अनुहार चिन्न सक्नेछिन् । ‘उनलाई आफैं थाहा हुनेछ कि उनको अगाडि को उभिएको छ ? सजिलैसँग पढ्न पनि सक्नेछिन् । उनका लागि यो ठूलो सहयोग हुनेछ,’ ती चिकित्सकले भने ।
    यो खबर थाहा पाएपछि इण्डियन आइडलकी जज श्रेया घोषालले भनिन्, ‘म निकै खुसी छु । नयाँ वर्षमा यो खुसीको खबर आएको छ । म यो क्षण हेर्नका लागि निकै आतुर छु ।’ 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार