• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    बिहेको सामाग्री जुटाउँदा ट्याक्टर दुर्घटना, २९ जना घाइते 

    बिहेको सामाग्री जुटाउँदा ट्याक्टर दुर्घटना, २९ जना घाइते 

    हेल्दीखबर
    बुधबार, पुस १८ २०८०
    हेल्दीखबर
    बुधबार, पुस १८ २०८०
    बिहेको सामाग्री जुटाउँदा ट्याक्टर दुर्घटना, २९ जना घाइते 

    दाङ, १८ पुस । बिहेको सामाग्रीले गर्दा  दाङमा ट्याक्टर दुर्घटना भएको छ ।

     ट्याक्टर दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । गढवा गाउँपालिका–४ पर्साका स्थानीयहरु बिहेका लागि सालको पात टिपेर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । बुधबार साँझ सवा ५ बजेतिर लु २ त ५१६५ नम्बर ट्याक्टर गढवा गाउँपालिका-५ चिसापानीमा सडकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए।

    images

    उनका अनुसार चालकसहित २८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि लमही पठाइएको छ। तीन जनालाई थप उपचारका लागि त्यहाँबाट अन्यन्त्र रिफर गरिएको छ ।

    गढवा गाउँपालिका र लमही नगरपालिकाको ६ वटा एम्बुलेन्स प्रयोग गरी घाईतेहरुलाई अस्पताल लगिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार