• सोमबार, १५ भदौ २०८३
  • images

    बालरोग विशेषज्ञ  डा. श्रेष्ठको नेतृत्वमा ४२ दिनको शिशुको हर्नियाको सफल शल्यक्रिया

    बालरोग विशेषज्ञ  डा. श्रेष्ठको नेतृत्वमा ४२ दिनको शिशुको हर्नियाको सफल शल्यक्रिया

    हेल्दीखबर
    मंगलबार, पुस १० २०८०
    हेल्दीखबर
    मंगलबार, पुस १० २०८०
    बालरोग विशेषज्ञ  डा. श्रेष्ठको नेतृत्वमा ४२ दिनको शिशुको हर्नियाको सफल शल्यक्रिया

    काठमाडौं, १० पुस । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) मा कार्यरत वरिष्ठ  बाल रोग विशेषज्ञ सर्जन डा. आशिषलाल श्रेष्ठको नेतृत्वमा ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया भएको  छ । ल्याप्रोस्कोपी विधिबाट  केएमसीमा मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया भएको शिशुको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

    डा. श्रेष्ठले चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वती खेलका बसन्त खड्काको शिशुको हर्नियाको  सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिए ।

    अघिल्लो दिनदेखि लगातार बालक रोएपछि पुष २ गते केएमसी ल्याइएका शिशुको स्वास्थ्य जाँच गर्ने क्रममा हर्निया भएको पाइएको थियो । त्यसपछि तत्कालै भर्नागरी  मिनिमल एसेस सर्जरी मार्फत हर्निया निकालिएको हो। 
    बालरोग सर्जन डा. श्रेष्ठले शिशुको जन्मजातै दुवैतर्फ हर्निया रहेको जानकारी दिदै सामान्यतया साना शिशुहरूको शल्यक्रिया गर्नु ठूलै जोखिम हुने भएकाले  अत्याधुनिक मिनिमल एसेस सर्जरी प्रविधि अनुसार नाइटोको छेउमा ३ एमएमको २ वटा प्वाल पारेर अप्रेसन गरेको बताए ।
     अहिले बच्चाको अवस्था सामान्य रहेको छ ।
    परम्परागत चिरेर गरिने अप्रेसन भन्दा ल्याप्रोस्कोपी विधिबाट गरिने अप्रेसन बिरामीका लागि सहज हो । ल्याप्रोस्कोपी बाट अप्रेसन गर्दा घाउ सानो हुने, चाँडै घाउ निको हुने, अप्रेसन गरेको एकाध दिनमै अस्पतालबाट घर जान सकिने, चाँडै हिँडडुल गर्न सकिन्छ ।

    ‘अब पहिलेको जस्तो ठुल्ठूलो घाउ पारेर अप्रेसन गर्नुपर्ने अवस्था हटिसकेको छ । ल्याप्रोस्कोपी प्रविधिले डाक्टर र बिरामी दुवैलाई उपचारमा सहजता प्रदान गरेको छ । यसको प्रभावकारितामा कुनै शंका गर्नुपर्दैन डा. श्रेष्ठले भने ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार