• सोमबार, १५ भदौ २०८३
  • images

    औषधि उद्योग र फार्मेसीले श्रम शोषण गरे:फर्मास्युटिकल एसोसिएसन 

    औषधि उद्योग र फार्मेसीले श्रम शोषण गरे:फर्मास्युटिकल एसोसिएसन 

    हेल्दीखबर
    शुक्रबार, पुस ६ २०८०
    हेल्दीखबर
    शुक्रबार, पुस ६ २०८०
    औषधि उद्योग र फार्मेसीले श्रम शोषण गरे:फर्मास्युटिकल एसोसिएसन 

    काठमाडौं, ६ पुस । नेपाल फर्मास्युटिकल एसोसिएसन फार्मासिस्टले औषधि उद्योग र फार्मेसीलाई श्रम शोषण नगर्न चेतावनी दिएको छ । 

    नेपालमा श्रम शोषण भएकै कारण फार्मासिस्ट विदेशिनुपरेको एसोसिएसनको ठहर गरेको छ । औषधि उधोग तथा फार्मेसीहरुले समयमा तलब नदिने, काम गरेको धेरै समय सम्म पनि तलब रोक्ने , नामदर्ता प्रमाणपत्र पनि फुकुवा नगर्ने गरेको आरोप पनि फर्मास्युटिकल एसोसिएसन फार्मासिस्टले लगाएको छ । 

     एसोसिएसनले फार्मासिस्टको पारिश्रमिक समयमै उपलब्ध गराउन माग गरेको छ।

    एसोसिएसनका अध्यक्ष ललित मोहन पन्त र महासचिव सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा   एसोसिएसनले कलेज, औषधि उद्योग तथा फार्मेसीहरूमा कार्यरत फार्मासिस्ट तथा सहायक फार्मासिस्टहरूको पारिश्रमिक समयमा नदिने, पाउनुपर्ने सेवा सुविधा नदिने, सेवा अवधि समाप्त भएको धेरै समयसम्म पनि बाँकी रकम भुक्तानी नगर्ने, हुँदाहुँदै परिषद् नाम दर्ता प्रमाणपत्र समेत फुकुवा नगर्ने सम्मका कार्य भएको भन्दै ध्यानाकषण भएको जनाएको छ। 

    नेपालको जनशक्ति विदेशिनुको एउटा मुख्य कारण  श्रम शोषण भएको भन्दै  एसोसिएसनले यस्ता क्रियाकलाप रोक्न माग गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी परिषद् लगायत सरोकारवाला संस्थाहरूले यस्तो गतिविधि रोक्नको निम्ति भुमिका निर्वाह गर्न पनि माग गरिको छ।

    received_346795764723708.jpeg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार