काठमाडौं, २६ मंसिर । गण्डकी मेडिकल कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा निधन भएको छ।
निधन हुनेमा पोखरा महानगर २५ नं वडा हेम्जा बस्ने २३ वर्षिया अनिशा खड्का र पोखरा महानगर ५ जिरो किमि बस्ने २४ वषीया भावना बराल छन् ।
को बि ए ए ००४१ नं को कारले ग १३ प ३५७८ नं को स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा रहेका गण्डकी मेडिकल कलेज बीडीएस अन्तिम वर्षमा अध्ययनरत्त उनीहरुको निधन भएको हो।
दुर्घटनामा परेको कार सडक छेउमा पल्टिएको थियो । दुर्घटनापछि कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उनीहरुको मृत्युप्रति गण्डकी मेडिकल कलेज परिवारले चिर शान्तिको कामना गर्दै शोक व्यक्त गरेको छ।