• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    ‘जति चोट दिन्छौँ देउ मायालु’ बोलका गायक भक्तराज आचार्यको निधन

    ‘जति चोट दिन्छौँ देउ मायालु’ बोलका गायक भक्तराज आचार्यको निधन

    सोमबार, फागुन १४ २०८०
    सोमबार, फागुन १४ २०८०
    ‘जति चोट दिन्छौँ देउ मायालु’ बोलका गायक भक्तराज आचार्यको निधन

    काठमाडौं, १४ फागुन । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । 
     सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको हो।
    भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए । संगीतकार चेतन सापकोटाका अनुसार आज अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराजले उनलाई मेडिसिटी अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको हो । 
    उनी गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो । 
    आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । 
    उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन्। आचार्यका ‘मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने’ लगायत गीत लोकप्रिय छन् । उनले भजन पनि दर्जनौंको संख्यामा गाएका छन्। आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्।

    आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार