• सोमबार, १५ भदौ २०८३
  • images

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजद्वारा भूकम्प पीडित सुत्केरीलाई आर्थिक सहयोग

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजद्वारा भूकम्प पीडित सुत्केरीलाई आर्थिक सहयोग

    हेल्दीखबर
    मंगलबार, मंसिर १९ २०८०
    हेल्दीखबर
    मंगलबार, मंसिर १९ २०८०
    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजद्वारा भूकम्प पीडित सुत्केरीलाई आर्थिक सहयोग

    रुकुम पश्चिम, १९ मङ्सिर। रुकुम पश्चिमका दुई जना भूकम्प पीडित सुत्केरीलाई आर्थिक सहयोग दिइएको छ । 

    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (फ्रान्स) ले दुई जना सुत्केरीलाई जनही ५८ हजार पाँच सयका दरले एक लाख १७ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।

    रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिका १४ की १८ वर्षीया कल्पना बिक र सानीभेरी गाउँपालिका वडा नम्बर ४ निवासी २६ वर्षीया माया घर्ती ओलीलाई सहयोग उपलब्ध गराइएको हो । 


    समाजका युरोप क्षेत्रीय समितिका संयोजक प्रकाश तिवारीका अनुसार तिहार धमाकाको अवसरमा हरेक वर्ष गरिने कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित सुत्केरीलाई सहयोग गरिएको हो । 
     

    समाजका अध्यक्ष आभास आचार्यले विपद्को बेला जोखिममा रहेका सुत्केरीहरूलाई आवश्यक राहत उपलब्ध गराएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार