• सोमबार, १५ भदौ २०८३
  • images

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरूले तलब, भत्ता पाएनन्   

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरूले तलब, भत्ता पाएनन्   

    प्राध्यापक आन्दोलित, पठनपाठन ठप्प

    हेल्दीखबर
    बिहीबार , मंसिर ७ २०८०
    हेल्दीखबर
    बिहीबार , मंसिर ७ २०८०
    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकहरूले तलब, भत्ता पाएनन्   

    हेटौंडा, ७ मंसिर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन्।

    लामो समयदेखि तलब, भत्ता नपाएको भन्दै  प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरू आन्दोलित भएका हुन् ।
    ऊनीहरुले तलब, भत्ता बापतको भुक्तानी नपाएपछि विरोधस्वरुप आन्दोलनमा उत्रिएका हुन्।
    प्राध्यापकहरूले गत कात्तिक २२ गतेदेखि पठनपाठन नै ठप्प पारेका छन्। 


    प्राध्यापक कल्याणकारी समिति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले  विगत ४ महिनादेखि प्रतिष्ठानमा अध्यापन गराउँदै आएका विषयगत प्राध्यापकहरूले तलब, भत्ता लगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त गर्न नसकेको जानकारी दिए। प्रतिष्ठानले विगत ४ महिनादेखि २४ जना प्राध्यापकहरूको तलब भत्ता लगायतका सुविधाको रकम भुक्तानी नदिएकाले विरोधमा उत्रिएको उनले बताए।

    प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुदर्शन शेरचनका अनुसार प्रदेश सरकारले छात्रवृत्ति बापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ता बापतको रकम भुक्तानी दिन समस्या भएको बताए। प्रतिष्ठानले हाल चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त गरी ४ वटा विषयमा अध्यापन कार्य गरिरहेको छ । 

    प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा आयोगले तोकेको कोटामा  अध्यापन कार्य गरिरहेको छ।

    Capture-1700729795.jpeg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार