दुई लाख २८ हजार नगद बरामद
सुर्खेत, २८ कार्तिक । सुर्खेतमा जुवा खेलिरहेका पाँच जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
पाँच स्वास्थ्यकर्मी सहित २७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चौकुने गाउँपालिका-६ बाट गए राति २७ जना जुवाडेलाई पक्राउ गरेर वीरेन्द्रनगर ल्याएको छ।
पक्राउ पर्नेमा तीनजना प्रहरी, पाँचजना स्वास्थ्यकर्मी र राजनीतिक दलका कार्यकर्ता छन् ।
२७ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए। जुवाको खालबाट नगद दुई लाख २८ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका वडा नम्बर १८ का इन्द्र पाठक, वडा नम्बर १०का रमेश टमटा, सोही वडाका अमृत कठायत, वडा नम्बर ९ का गणेश महता, वडा नम्बर १० का कोलाल सिँह ठकुराठी, वडा नम्बर १६ का भुवन ठगुन्ना, वडा नम्बर १७ का रोहित पाल, वडा नम्बर ९ का भवनि सिँह बुढा पक्राउ परेका छन्।
यस्तै, वडा नम्बर १० का पदमबहादुर बोहरा, वडा नम्बर ११ का भक्त धामी, सोही वडाका आशिष खड्का, किशन पाल र रामदत्त भट्ट पक्राउ परेका छन्।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १७ का रामबहादुर ठकुराठी, सोही वडाका किशा ठगुन्ना, भीमबहादुर ठगुन्ना, राकेश ठगुन्ना, धनश्याम ठगुन्ना तथा वडा नम्बर ११ का रोशन विष्ट, वडा नम्बर ५ का प्रकाश लावड, वडा नम्बर १७ का सुरेन्द्र ठगुन्ना र खगेन्द्र बडवाल, वडा नम्बर ११ का रामदत्त भट्ट, सोही वडाका देवेन्द्र विष्ट र दीपक बाग, वडा नम्बर १३ का नरपति महता, दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ का करन बोहरा र डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ५ का चक्र पाल रहेका छन्।