झापा । विर्तामोडको टाइमलेस होटलबाट २२० डोज भेरोसिल खोपसहित एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्का हुनुहुन्छ । उहाँलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको बताउनुभयो । खड्कालाई कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको छ । विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको बताउनुभयो ।