• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल कलेजमा अध्ययनरत छात्रामाथि बलात्कार गर्ने सुवेदी र राउत दोषी ठहर

    मेडिकल कलेजमा अध्ययनरत छात्रामाथि बलात्कार गर्ने सुवेदी र राउत दोषी ठहर

    हेल्दीखबर
    शुक्रबार, कात्तिक १७ २०८०
    हेल्दीखबर
    शुक्रबार, कात्तिक १७ २०८०
    मेडिकल कलेजमा अध्ययनरत छात्रामाथि बलात्कार गर्ने सुवेदी र राउत दोषी ठहर

    विराटनगर,१७ कात्तिक । सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका विराटनगरका दुईजना कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरेको हो ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक उनीहरुले विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रालाई विराटनगरस्थित एउटा होटलमा लगेर सामूहिक करणी गरेका थिए । सुरज विराट हेल्थ कलेजमा अनुशासन इन्चार्ज प्रमुख थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएर बलात्कार गराएका थिए ।

    उनीहरु किशोरीलाई सामूहिक बलात्कार अभियोगमा २०७९ भदौ ६ गतेदेखि पूर्पक्षका लागि थुनामा थिए । करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर भएपनि कैद सजाय निर्धारण भने कात्तिक २२ गतेको इजलासले गर्ने अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिएका छन् ।

    दुर्ई जनाले सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक–पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएपछि सुवेदी र राउतलाई प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर घटनाको अनुसन्धान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार