• सोमबार, १५ भदौ २०८३
  • images

    दशैं-तिहार स्वास्थ्य योजना: प्यासिफिक क्लिनिकद्वारा प्रयोगशाला परीक्षणमा सहुलियत 

    दशैं-तिहार स्वास्थ्य योजना: प्यासिफिक क्लिनिकद्वारा प्रयोगशाला परीक्षणमा सहुलियत 

    हेल्दीखबर
    शनिबार, कात्तिक ४ २०८०
    हेल्दीखबर
    शनिबार, कात्तिक ४ २०८०
    दशैं-तिहार स्वास्थ्य योजना: प्यासिफिक क्लिनिकद्वारा प्रयोगशाला परीक्षणमा सहुलियत 

    काठमाडौं, ४ कार्तिक । ललितपुरस्थित  कुपन्डोलमा रहेको प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले दशैं तिहारका अवसरमा प्रयोगशाला परीक्षणमा सहुलियतको घोषणा गरेको छ। 

    क्लिनिकले दशैं, तिहार र छठ पर्वका अवसरमा स्ट्यान्डर्ड हेल्थ प्याकेजमा ३० प्रतिशतसम्मको सहुलियत दिएको हो।

    दशैं-तिहार जस्ता चाडबाडका समयमा खानपान धेरै हुने र व्यायाम कम हुने हुँदै विभिन्न रोग तथा समस्याको जोखिम बढी हुने भएकाले स्वास्थ्य जाँचमा छुटको व्वस्था गरिएको क्लिनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    'चाडबाड सुरु हुनु अघि तथा चाडबाडका समयमा नागरिकले आफ्नो स्वास्थ्यका विषयमा सहज रुपमा जानकारी लिन सकून भनेर छुटको व्यवस्था गरिएको हो,' क्लिनिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'बदलिँदो जीवनशैली र खानपानका कारण मुटु मधुमेह उच्च रक्तचाप जस्ता समस्या भएका तथा जोखिम समूहमा परेकाहरुले यो छुटको फाइदा लिँदै आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिन सक्नु हुने छ।'

    क्लिनिकमा स्ट्यान्डर्ड हेल्थ प्याकेज अन्तर्गत अन्य समयमा पाँच हजार ७ सय रुपैयाँ पर्ने परीक्षण शुल्क दशैं तिहार र छठको अवसरमा ४ हजार २ सय रुपैयाँमा नै लिन सकिने छ। छुटको सुविधा मंसिर १५ गतेसम्म लिन सकिने विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार