• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टर कुटपिटमा सम्लग्न थप एक जना पक्राउ

    डाक्टर कुटपिटमा सम्लग्न थप एक जना पक्राउ

    हेल्दीखबर
    बिहीबार , असोज २५ २०८०
    हेल्दीखबर
    बिहीबार , असोज २५ २०८०
    डाक्टर कुटपिटमा सम्लग्न थप एक जना पक्राउ

    मकवानपुर, २४ असोज । चिकित्सक कुटपिट प्रकरणमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ३६ वर्षीय सुबास स्याङतान रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले आरोपी स्याङ्ताङलाई  बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित बसपार्क पक्राउ गरेको जानकारी दिए ।


    डेंगू संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केहि युवाको समूहले गत भदौ २७ गते हेटौंडा–१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए ।

    स्याङतानसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । यसअघि मृतक राजेशका श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान, भतिज अमित प्रधान, हेटौंडा–१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन र ३६ वर्षीय जीवन लामालाई पक्राउ गरेको थियो ।

    पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्मानित मकवानपुर जिल्ला अदालतमा बुझाईएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार