• सोमबार, १५ भदौ २०८३
  • images

    एउटै व्यक्तिमा एकैपटक कलेजो र मिर्गौला प्रत्यारोपण

    एउटै व्यक्तिमा एकैपटक कलेजो र मिर्गौला प्रत्यारोपण

    हेल्दीखबर
    बुधबार, असोज २४ २०८०
    हेल्दीखबर
    बुधबार, असोज २४ २०८०
    एउटै व्यक्तिमा एकैपटक कलेजो र मिर्गौला प्रत्यारोपण

    ललितपुर २४ असोज । ललितपुर इमाडोलस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले एकै व्यक्तिमा पहिलोपटक एकै समय मिर्गौला र कलेजोको दुर्लभ प्रत्यारोपण सफल भएको छ ।

    अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यका अनुसार, भरतपुरकी ३३ वर्षीया सोनाकुमारी थापा भुजेलको दुवै अङ्ग मिर्गौला र कलेजो एकैचोटी प्रत्यारोपण गरिएको हो । 

    यस प्रत्यारोपणको शल्यक्रिया गर्न चिकित्सक टोलीलाई १८ घण्टा लागेको थियो। हाल बिरामीको अवस्था सामान्य भएको र उनलाई पोस्ट अपरेटिभ केयर युनिटमा राखिएको अस्पतालले जनाएको छ।

    भुजेलमा जन्मजात रोगका कारण मिर्गौला र कलेजोमा समस्या देखिएको थियो । जसका कारण मिर्गौला बिग्रे पछि उनले डायलासिस सेवा लिइरहेकी थिइन्। ‘कलेजोले एक खालको विशाक्त रसायन उत्पादन गरेका कारण दुवै मिर्गौला बिग्रिएको थियो।

    यसैकारण उनको कलेजोमा समेत असर परेको उनलाई श्रीमानले कलेजो र आफ्नै भाउजूले मिर्गौला दान गरेका हुन् ।

    अस्पतालका मेडिकल निर्देशक सुरज बज्राचार्यले १८ घण्टा भन्दा बढी समय लगाएर एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए । 
    उको नेपालमा यो शल्यक्रिया इतिहासमै पहिलो पटक र दुर्लभ शल्यक्रिया भएको दाबी छ । 

    उक्त शल्यक्रिया सम्पन्न गर्न भारतको अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा अरुणकुमार भेनुथुरिमिल्ली र चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा सञ्जीव अनेजाको सहभागिता रहेको थियो। 

    उनले जटिल शल्यक्रियाका लागि अस्पतालले ‘मल्टी–डिस्किप्लिनरी एप्रोच’ अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसीयू क्रिटिकल केयर विशेषज्ञ, ब्लड बैंक, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसलिस्ट फिजिसियन्स एन्ड सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरु गरी १०० जनाभन्दा बढी प्राविधिक जनशक्ति परिचालित गरेको बताए । 

     यस्तै किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्य चिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त लिभर ट्रान्सप्लान्ट सर्जन डा एकानन्द सिंह, लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा वरुण श्रेष्ठ, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा नारायण भुसाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा सन्तोष क्षेत्री र डा कश्यप दाहाल लगायत अन्य वरिष्ठ चिकित्सकहरुको सहभागिता रहेको थियो । अस्पतालका लिभर ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंहले तीनवटा अप्रेसन थिएटर एकपटक प्रयोग गरी शल्यक्रिया गरिएको बताउनुभयो । ‘दुईजना अंगदाता र एक जना ग्रहणकर्ताका गरी तीन जनालाई तीनवटा ओटि प्रयोग गरिएको हो । 

    उनले  पहिले कलेजो प्रत्यारोपण गरी मिर्गौला प्रत्यारोपण गरिएको पनि बताए । 
    उनले जटिल अवस्थाको बिरामीलाई प्रत्यारोपण गर्नुअघि विस्तृत स्वास्थ्य परीक्षण तथा शरीरमा कलेजोले पैदा गरिरहेको टक्सीक केमिकलको प्रभाव कम गरी शल्यक्रियाका लागि तयारी गर्न ६ महिना लागेको बताए ।  

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार