काठमाडौँ, १८ असोज । नेपाल नर्सिङ परिषद्ले नर्सको नाम दर्ता परीक्षा लाइसेन्स मंसिर ९ गते हुने मिति तय गरेको छ ।
परिषदले एक सूचना प्रकाशित गर्दै नाम दता (लाइसेन्स) परीक्षा मंसिर ९ गते हुने जनाएको छ ।
परीक्षाका लागि आवेदन फारम बुझाउन अनुरोध गरेको छ ।
फारम अनलाइनमार्फत भर्न सकिनेछ ।
फारम बुझाउन असोज २१ गतेदेखि कार्तिक २३ गतेसम्म म्याद तोकिएको छ ।
प्रवीणता प्रमाणपत्र तह नर्सिङ वा बी एस्सी नर्सिङ उतीर्ण भएकाहरुले आवेदन दिन सक्नेछन् ।
हेरौँ सूचनाः
