• सोमबार, १५ भदौ २०८३
  • images

    सरकारले  सहमति गरेको भोलिपल्टै डाक्टरमाथि कुटपिट 

    सरकारले  सहमति गरेको भोलिपल्टै डाक्टरमाथि कुटपिट 

    हेल्दीखबर
    आइतबार, असोज १४ २०८०
    हेल्दीखबर
    आइतबार, असोज १४ २०८०
    सरकारले  सहमति गरेको भोलिपल्टै डाक्टरमाथि कुटपिट 

    काठमाडौं,१४ असोज । सरकार र  चिकित्सकबीच सहमति भएको भोलिपल्टै फेरि डाक्टरमाथि कुटपिट भएको छ ।
    सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न डाक्टरमाथि कुटपिट भएको हो। 

    आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।

    नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टरमाथि आक्रमण भएको पाइएको छ। 

    डाक्टरमाथि कुटपिट भएको सूचना आएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी कुमोध ढुंगेलले बताए।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार