• सोमबार, १५ भदौ २०८३
  • images

    ‘आत्महत्या रोकथाम गर्न सञ्चारमाध्यामको भूमीका महत्वपूर्ण’

    ‘आत्महत्या रोकथाम गर्न सञ्चारमाध्यामको भूमीका महत्वपूर्ण’

    हेल्दीखबर
    आइतबार, भदौ २४ २०८०
    हेल्दीखबर
    आइतबार, भदौ २४ २०८०
    ‘आत्महत्या रोकथाम गर्न सञ्चारमाध्यामको भूमीका महत्वपूर्ण’

    काठमाडौँ, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालका लागि आत्महत्या ठूलो चुनौति र समस्याको रूपमा देखापरेको छ । नेपालमा पछिल्लो आर्थिक वर्षमा ६ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन् । जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन् । 
    आत्महत्याको पछाडि ९५ प्रतिशत मानसिक रोग जिम्मेवार हुने गरेको छ । विश्वमा १५ वर्षदेखि २९ वर्षका मानिसहरुको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । प्राणघातक रोग एचआईभी एड्स, क्यान्सर, मलेरिया, स्तन क्यान्सर र आपराधिक घट्नाबाट भन्दा पनि आत्महत्याबाट धेरै मानिसले ज्यान गुमाइरहेका छन् ।

    यसवर्षको आत्महत्या रोकथाम दिवसको नारा ‘कार्यमार्फत आशा जगाऊँ’ रहेको छ ।  
    विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्य अभियानको आयोजना र रिपोर्टर्स क्लब नेपालको सहकार्यमा क्लबको साक्षात्कार कक्षमा ‘आत्महत्या रोकथाममा मिडिया र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


    No description available. अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पछिल्लो समय नेपालमा आत्महत्याको विषय अलिक विकराल बन्दै गएको बताए । आफ्नो ३० वर्षे पत्रकारिताको अनुभव सुनाउँदै उनले आत्महत्या मान्छेको बाध्यता बन्ने गरेको भन्दै त्यस्तो अवस्था आउन नदिनुपर्नेमा जोड दिए । साथै, आत्महत्याका केही घटनाहरु आवेगका कारण पनि हुने गरेको उनको भनाई छ । 


    उनले तनाव, द्वन्द्व, विभेद, अन्याय, अत्याचार र शोषणका कारण आत्महत्या बाध्यता बनेको बताए । आत्महत्या न्युनीकरण र रोकथामको लागि नेपालका सञ्चारमाध्यमहरुले प्रभावकारी भूमिका निर्वाह गर्नपर्ने धमलाको भनाई छ ।  


    पछिल्लो समय विदेशमा रहेका धेरै नेपालीहरुले पनि आत्महत्या गर्ने गरेको उनले बताए । समाजमा विभिन्न कारणले आत्महत्याको अवस्था आएको भन्दै धमलाले अब आफ्नो पत्रकारिताको मिसन आत्महत्या रोकथाम हुने बताए । 


    ‘समाजमा आत्महत्याले ठूलो पीडा दिएको छ । अब मेरो एजेण्डाको पनि मुख्य एजेण्डा, कन्टेनको पनि मुख्य कन्टेन भनेको आत्महत्या रोकथामका लागि नेपाली मिडियाले खेल्नसक्ने भूमिकाको बारेमा म वहस गर्न तयार छु,’– उनले भने । समाजमा आत्महत्या रोकथामका लागि राज्य, सञ्चार जगत र सरोकारवालाहरु गम्भीर हुन आवश्यक रहेको उनले बताए । समाजमा रहेको विभेद, अन्याय, शोषण, दमनको अन्त्य गराउन सकिएमा आत्महत्या कम गर्न सकिने उनको धारणा छ । 

    saroj dhungel.jpgयस्तै, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष तथा गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुंगेलले एक जना मान्छेले आत्महत्या गर्दाको असर एक सय ३५ जना मानिसमा देखिने तथ्याङ्कहरु सार्वजनिक भइरहेको बताए ।
    आत्महत्यासम्बन्धी रिपोर्टिङ गर्दा आत्महत्या न्युनीकरणलाई सहयोग हुनेगरि गर्नुपर्ने उनको भनाई छ ।  समाचारमा प्रयोग भएको तस्वीरमा पनि ध्यान पुर्याउन आवश्यक रहेको उनले बताए । आत्महत्याका समाचारको हेडलाईन सनसनीपूर्ण बनाइएको उनको बुझाइ छ ।

    आत्महत्या न्युनीकरणका लागि मिडियाहरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए । 
    आत्महत्यालाई रोक्न र न्युनीकरणका लागि सञ्चार माध्यम, नेपाल प्रहरी र सरकारको महत्वपूर्ण भूमिका रहेको उनले बताए । 


    कार्यक्रमका वक्ता डा. विजय मिश्रले सबैभन्दा धेरै आत्महत्या गराउनेको अरोप मिडियालाई लागिरहेको बताए । आफू मिडियाकर्मी पनि भएको बताउँदै उनले पत्रकारहरु पनि आत्महत्याको शिकार भइरहेको बताए । प्रहरीले दिने रिपोर्टमा पत्रकारहरुले अन्धभक्त भएर पत्रकारिता गर्दा पनि आत्महत्या बढेको उनको अरोप छ । 
    ‘प्रहरीले दिने रिपोर्टमा आफूलाई सजिलो हुनेगरी समाचार बनाइदिन्छ । सहरमुखी अल्छी पत्रकारहरु कसले मेलमा समाचार पठाउँछ र कपी पेष्ट गर्ने कारणले प्रहरीले पत्रकारको काँधमा बन्दुक राखेर अरुलाई गोली हानिरहेको हुन्छ, । मतलब अरुलाई बदनाम गर्नेगरि समाचार लेखिरहेको हुन्छ,’– उनले भने । 
    खोटाङमा मदन राईले खोलेको विद्यालयमा आत्महत्या कसरी गर्न गरिन्छ भनेर प्राक्टिकल हुने गरेको उनको दाबी छ । एकपटक प्राक्टिकलमा सहभागी भएको विद्यार्थीले जीवनमा कहिले पनि आत्महत्या नगर्ने उनीहरुको दाबी रहेको डा. मिश्रले बताए । आत्महत्या न्युनीकरणको विषय पाठ्यपुस्तकमा राख्न आवश्यक रहेको उनको भनाई छ । पत्रकारहरुले आत्महत्या र बलात्कारको न्युजलाई प्राथमिकता दिएर समाचार सम्प्रेसन गर्दा पनि यसमा बृद्धि भएको उनको दाबी छ ।  
    आत्महत्या न्युनीकरणका लागि प्रहरी, मिडिया र राजनीतिक व्यक्तित्वहरुले अभियान अगाडि बढाउन आवश्यक रहेको उनले बताए । 


    वरिष्ठ मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले आत्महत्या सामाजिक, आर्थिक कारणलेमात्रै नभएर जैविक कारण हुने गरेको बताए । शरीरमा रहेका विभिन्न रशायनहरु तलमाथि भएपछि डिप्रेसन हुने बताउँदै उनले आत्महत्याको प्रमुख कारण यही नै रहेको बताए । 


    आर्थिक अवस्थाले मात्रै मान्छेले आत्महत्या नगर्ने बताउँदै आत्महत्यालाई एउटै कुरासँग जोड्न नमिल्ने बताए । आर्थिक रुपमा उन्नत अवस्थामा रहेका जापन, अमेरिका, युरोप लगायतका मुलुकका नागरिकहरुले पनि आत्महत्या गर्ने गरेको बताउँदै उनले आर्थिक समस्या आत्महत्याएको अनेकौं कारणमध्येको एउटा कारण भएको बताए ।
    समाजमा भइरहेको परिवर्तनलाई युवा पुस्ताले राम्रोसँग आत्मसात गर्न नसक्दा पनि यदाकदा आत्महत्याको घटना हुने गरेको उनको भनाई छ । आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको उनको भनाई छ । उनले डिप्रेसनको उचार सम्भव रहेको बताउँदै उनले आत्महत्या न्युनीकरणका लागि समयमै डिप्रेसनको पहिचान गरी उपचार गर्न आवश्यक रहेको बताए । 


    ‘रिसर्चका अनुसार आत्महत्याको ७० प्रतिशतभन्दा बढि डिप्रेसनसँग जोडिएको छ । डिप्रेसन एउटा यस्तो मानसिक रोग हो, जसको उपचार गर्न सकिन्छ । डिप्रेसनलाई चाँडै नै पहिचान गरेर यसको उपचार राम्रोसँग गर्नसक्यौं भने धेरै आत्महत्यालाई कम गर्नसक्छौं,’– उनले भने । 
    आवेगात्मक आत्महत्या थोरैमात्रामा हुने उनको दाबी छ । आत्महत्या धेरैजसो योजनावद्ध हुने र उक्त योजना घरपरिवार र साथीभाइहरुले पनि पत्ता लगाउन नसक्ने खालका हुने उनको भनाई छ । आत्महत्या न्युनीकरणका लागि मानसिक स्वास्थ्यमा संवेदनशील हुन आवश्यक रहेको उनले बताए । 


    मानसिक स्वास्थ्यको पहुँच ग्रामीण क्षेत्रमा पनि पुर्याउन उनले नेपाल सरकार समक्ष आग्रह गरे । नेपालमा बालबालिकामा पनि आत्महत्याको दर बढेको भन्दै चिन्ता व्यक्त गरे । आत्महत्यालाई धेरै हदसम्म न्युनीकरण गर्न सकिने उनको भनाई छ । 

    No description available.
    नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले माग र पूर्तिबीचको ग्यापले पनि मान्छेलाई आत्महत्याको बाटोमा डोहोर्याएको बताए । ‘सम्पन्नताले मात्रै सबै कुरा समाधान हुँदो रहेनछ । मान्छेले धेरै ठूलो मागको अपेक्षा गर्यो, पूर्ति थोरै भयो र बीचमा ग्याप धेरै भयो भने मान्छे फ्रस्टेसनमा जान्छ । जुन अपेक्षा थियो त्यो नपाएपछि विस्तारै आत्महत्या गर्ने अवस्थामा पुग्छ,’– उनले भने । 


    विश्वव्यापी रुपमा द्रूत गतिमा फैलिएको सामाजिक सञ्जालले पनि मोटिभेसन फैलाउन नसकेको उनको दाबी छ । टोलटोलमा, गाउँगाउँमा मानिसहरुलाई मोटिभेसन गर्ने पद्धतीको विकास गरेर आत्महत्याबाट निरुत्साही गराउने बाटामो लाग्नुपर्ने उनले बताए । सरकारी तह र गैरसरकारी तहबाट पनि यसमा विशेष महत्वका साथ हेर्न आवश्यक रहेको बताए । 
    देशमा सुशासनको अवस्था एकदमै दयनीय रहेको उनको भनाई छ । अहिले बनेको सरकारबाट मानिसहरुले धेरै अपेक्षा गरेपनि आफूहरुले त्यसलाई पूरा गर्न नसकेको उनको स्वीकारोक्ति थियो । राजनीतिक दलहरु झगडामात्रै गरेर बसेको उनको टिप्पणी थियो । 
    सरकारले जनतालाई डेलिभरी दिन नसक्दा निराशा उत्पन्न भएको उनको दाबी छ । अहिलेको परिवर्तन निराशाका लागिमात्रै नभएको उनले बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले आगो लगाउने कुरा गरेर र मान्छेलाई उत्तेजितमात्रै बनाएर समस्याको समाधान नहुने बताए । संयमित भएर धैर्यतापूर्वक मुलुकको अवस्थाअनुसार देश र जनतालाई सम्बोधन गर्न सकेको खण्डमा आत्महत्या निरुत्साहित बनाउने वातावरण सिर्जना हुने उनको भनाई थियो । 

    No description available.
    प्रतिनिधि सभाको कार्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले दलहरुले बहुदलीय व्यवस्था, गणतन्त्र, संविधानसभाबाट संविधान निर्माण र संविधान कार्यान्वयनबाट पनि राजनीतिक स्थिरता र जनताको मनोकांक्षाअनुसार काम गर्न नसकेको पनि बताए । 


    No description available.नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. फनिन्द्रप्रसाद बरालले आत्महत्यको ९० प्रतिशत कारण व्यक्तिको मानसिक स्वास्थ्य रहेको बताए । मानसिक रुपमा अस्वस्थ रहेकोमा पनि डिप्रेसन आत्महत्याको प्रमुख कारण रहेको उनले बताए । 

    No description available.
    नेपाल सरकारले विगत पाँच वर्षदेखि सरकारको संरचनामा रहेको स्वास्थ्य संस्था र जनशक्तिमार्फत उनीहरुलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर आम जनतामा मानसिक स्वास्थ्यसम्बन्धी पहुँच पुर्याउने काम गरिरहेको बताए । सरकारले निःशुल्क वितरण गर्ने औषधीहरुमा मानसिक स्वास्थ्यको उचारमा प्रयोग गरिने औषधीलाई पनि समावेश गरेको उनले बताए । समाजमा मानसिक रोगीप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएमात्रै आत्महत्याको दर कम गराउन सकिने उनले बताए । 

    No description available.


    नेपाल प्रहरीका पूर्व एसएसपी वशन्त कुँवरले आत्महत्या रोक्नका लागि मन्त्रालयस्तरमै आत्महत्या नियन्त्रण शाखा बन्न आवश्यक रहेको बताए । देशभरका सात सय ५३ वटै स्थानीय सरकारमा हेल्पलाईन  खोल्न आवश्यक रहेको उनले बताए । उनले स्थानीय सरकार आत्महत्या रोकथामको शाखा बन्न आवश्यक रहेको बताए । 

    No description available.


    कार्यक्रममा वे टू ह्याप्पीनेस फाउन्डेसनका नेपाल प्रमुख अभयजंग कुँवर, मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्रकी राजेश्वरी प्रधान लगायतको उपस्थिति रहेको थियो । 

    No description available.

    No description available.

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार