काठमाडौं,१४ भदौ । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा. प्रज्वल कोइराला चार दिनदेखि बेपत्ता हुनुहुन्छ ।
सुनसरी र उदयपुर जोड्ने सप्तकोशी नदीको चतराघाटस्थित पुलमा कार छाडेर उहाँ बेपत्ता हुनुभएको हो।
३८ वर्षीय कोइराला कोशीको पुलबाट बेपत्ता भएपछि अहिले खोजीकार्य तीव्र पारिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीले प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर कोइराला बेपत्ता भएको जानकारी दिदै खोजिकार्य तीब्र पारिएको बताउनुभयो।
कोइराला बेपत्ता भएपछि अहिले कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको छ ।
स्थानीयले कार बेवारिसे अवस्थामा भेट्टाएपछि सोमबार सबेरै बिहान प्रहरीलाई खबर गरेका थिए।
कोइराला सोमबार बिहान कोशीको पुलमा आएको सीसी टिभि फुजेटमा देखिएको छ ।
उहाँको खोजीका लागि सुनसरीबाट सशस्त्र प्रहरीको गोताखोरको टोली परिचालित छ।
उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ ।