काठमाडौं, २६ साउन । डाक्टर श्रद्धा सिल्पकार पक्राउ पर्नुभएको छ । उहाँ धापासीस्थित इशान हस्पिटलमा कार्यरत हुनुहुन्थ्यो ।
ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो।
बिहीबार साँझ नै थप दुई जना डाक्टरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा डा रामबाबु यादव र एरिना यादव हुनुहुन्छ ।