काठमाडौं,२७ काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेललाई हटाउने निर्णयमा सर्वोच्चले धक्का दिएको छ।
सर्वोच्च अदालतले भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकलाई हटाउने निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश गरेको हो।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले उनलाई हटाउने स्वास्थ्य मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
बुधबार सर्वोच्चले निर्देशक डा विष्णुदत्त पौडेललाई हटाउने निर्णयमा रोक लगाएको हो। मन्त्रिपरिषद् बैठकबाट निर्णय भई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त भएका पौडेललाई हटाएर स्थानमा डाक्टर उज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएक थियो।
सो निर्णयविरुद्ध सर्वोच्च अदालत अदालत जानु भएका पौडेलको माग बमोजिम अदालतले अन्तरिम आदेश जारी गरेको हो। झापाका विष्णुदत्त पौडेललाई २०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो।
तत्कालीन केपी शर्मा ओली सरकारको पालामा मन्त्रिपरिषद्को निर्णयबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो।