• सोमबार, १५ भदौ २०८३
  • images

    किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

    किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

    ४० वर्षमाथिका नागरिकलाई आधारभूत प्रयोगशाला परीक्षण

    हेल्दीखबर
    बुधबार, जेठ ११ २०७९
    हेल्दीखबर
    बुधबार, जेठ ११ २०७९
    किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

    काठमाडौं । सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप दिने भएको छ। सरकारकाे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने बताउनुभएको हो। यस्तै महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ। राष्ट्रपति भण्डारीले  स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइएको जानकारी दिनुभयो।
    नीति तथा कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० वर्षमाथिका नागरिकलाई वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण र 
     प्रदेशको सहभागिता र समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने छ।  बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिनेछ। ज्येष्ठ  नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने, जनस्वास्थ्यका कार्यक्रममार्फत् रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवम् सुविधा सम्पन्न बनाई सबै प्रकारका विशिष्टिकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाउने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार