• सोमबार, १५ भदौ २०८३
  • images

    सुर्तीजन्य पदार्थमा कर वृद्धि गरौँ

    सुर्तीजन्य पदार्थमा कर वृद्धि गरौँ

    हेल्दीखबर
    आइतबार, जेठ २१ २०८०
    हेल्दीखबर
    आइतबार, जेठ २१ २०८०
    सुर्तीजन्य पदार्थमा कर वृद्धि गरौँ
     
    काठमाडौ, २१  जेठ ।  विश्वमा सूर्तिजन्य पदार्थबाटै वर्षेनी ७०  लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
     
    तर त्यसको नियन्त्रण गर्नेतर्फ भने सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने कुरा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सुरुवाती दिन देखि राख्दै आउनुभएको थियो। सुर्तीजन्य पदार्थमा ७० प्रतिशत कर वृद्धि गर्नुपर्नेमा बजेट भाषणमा १० प्रतिशत मात्र कर वृद्धि भएको छ ।
     
    सरोकारवाला निकाय गैरसरकारी संस्थाका प्रतिनीधिहरुले सुर्तीजन्य पदार्थमा १० प्रतिशत नभई तीनदेखि पाँच प्रतिशत मात्र कर वृद्धि भएको आरोप लगाउँदै आएका छन् । १० प्रतिशत मात्रै कर वृद्धि भएपनि सकारात्मक रुपमा लिन सकिन्छ । सुर्तीजन्य पदार्थबाट उठेको कर क्यान्सर रोगको उपचारमा मात्र प्रयोग भएको छैन । यसलाई क्यान्सर उपचारमा लगाएर अन्य जटिल रोग समेत समावेश गरेर एक लाख उपचार खर्च दिइरहेकोमा १० लाख सम्म पु¥याउन सकिन्छ । अब सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कर वृद्धि गर्नुपर्ने देखिन्छ । 
     
    सूर्तिजन्य पदार्थको सेवनबाट मानिसलाई क्यान्सर, क्षयरोग, मुटुरोग लगायतका नसर्ने रोगहरु लागेर मानिसलाई मृत्युको मुखसम्म पु¥याउँछ भन्ने थाहा हुदाहुदै पनि सूर्तिजन्य पदार्थलाई त्याग्न नसक्दा वार्षिक ८० लाख मानिसको  मृत्यु धूमपानबाटै भइरहेको छ । विश्व स्वास्थ्य  संगठनका अनुसार नेपालमा सूर्तिजन्य पदार्थको कारणबाट वार्षिक २७ हजार मानिसहरुको मृत्यु हुने गरेको छ । 
     
     नेपालमा नसर्ने रोगको तथ्याङ्क ४० प्रतिशत हुदा धुम्रपानबाटै २७ हजार नेपालीको वार्षिक रुपमा मृत्यु हुने गरेको छ ।  सुर्तीजन्य पदार्थ सम्बन्धि ऐनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन सके त्यसबाट हुने हानीलाई घटाउन सकिन्छ  । सुर्तीजन्य पदार्थबाट मानिसमा क्यान्सर, दम, ह्दयरोग लगायतको समस्या निम्तिन सक्नुकासाथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पु¥याउनुपर्छ ।  सुर्तिजन्य पदार्थको सेवनबाट उत्पन्न हुने रोगको कारण प्रत्येक दिन करिव ५५ जना र प्रति घण्टा तीनजना नेपालीको मृत्यु हुने गरेको छ । विश्वमा सूर्तीजन्य पदार्थको सेवन गर्नेहरुको संख्या एक अर्ब ५० करोडभन्दा बढी भएको अनुमान छ । 
     
    सुर्ती नियन्त्रण अभियन्ता तारासिंह बमले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन लागू भएपनि कार्यान्वयनको पक्ष फितलो रहेको छ ।  नेपालमा कानुन कडा तर कानुनको पालना छैन । अन्य देशमा भने कानुनको कडाइकासाथ पालना हुने गरेको छ ।  २०७१ सालमा सुर्तीजन्य पदार्थमा नेपालले उत्कृष्ट कानुन बनाए बापत एक करोड रुपैयाको ग्लोबल टोबाको कन्ट्रोल अवार्ड समेत हाल पारेको थियो । नेपालमा राजस्व कार्यालयले कडाइ गर्ने वित्तिकै सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन कार्यान्वयन हुने देखिन्छ । 
     
    राजस्व , उद्योग लगायका सरकारी निकायका कारण नेपालमा सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन कार्यान्वयन हुन सकेको छैन ।   सूर्तिजन्य पदार्थको कारणले नसर्ने रोग बढाइरहेको छ । धुम्रपान विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने भन्दै कहिलेकाँही चुरोट सेवन गर्ने मानिसलाई पनि ह्दयघातको समस्या हुने जनचेतना फैलाउनुपर्छ ।   विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेण्डमा एक जनाको सूर्तीजन्य पदार्थको असरले नै मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले यस्तै अवस्था रहेमा सन २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ । यसमध्ये  ८० प्रतिशतको मृत्यु विकासोन्मुख मुलुकमा हुने गरेको छ । 
        नेपालमा ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्दछन भने सूर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेहरुमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला रहेको पाइएको छ । नेपालमा सूर्तिजन्य पदार्थमा चालिएका अभियानहरु सकारात्मक भएपनि कार्यान्जयन नहुदा समस्या उत्पन्न भएको छ ।
     
    विदेशी कम्पनीले सुर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीमुलक सन्देश राख्ने नियम पालना गरेता पनि नेपाली उद्योगहरुले भने अटेर गरीरहेको अवस्था रहेको छ । केही वर्ष नेपालमा ३० प्रतिशत (५१.९ प्रतिशत पुरुष र १३ प्रतिशत महिला) मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेकोमा अहिले आएर २८.९ प्रतिशत ( ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला) पुगेको छ । पहिलो पटक धुम्रपान शुरु गर्दाको औषस उमेर १७.८ रहेको छ । 
    सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने ऐनको दफा ४ मा सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाइने उल्लेख छ । तर अहिले पनि सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीसेवन गरिरहेको पाइएको छ । सोही ऐनको दफा ११ मा बिक्री वितरण तथा प्रदर्शनमा बन्देज व्यवस्थामा “कसैले पनि अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाउने छैन” भन्ने उल्लेख गरिएको छ ।
     
    तर अहिले पनि निर्वाध रुपमा जो कोहीले पनि सजिलै चुरोट किन्ने गरेको पाइएको छ । सोही दफाको उपदफा ३ मा “कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय लगायतका सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन,” र उपदफा ४ मा पनि “कसैले पनि फुटकर रुपमा चुरोट, बिडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने,” उल्लेख गरिएको छ । तर यस विपरीत मानिसहरुले सुर्तीजन्य पदार्थको बिक्री विवरण गरिएको पाइएको छ ।   नियावलीको नियम ७ मा पनि उत्पादकले कम्तीमा २० खिल्ली अटाउने गरी चुरोट वा विडी प्याकेट वा बट्टा तयार गर्नुपर्ने उल्लेख छ तर केही चुरोट उत्पादक कम्पनीले १० खिल्ली भएको बट्टा पनि उत्पादन गरी बेचिरहेका छन् ।  चुरोटले फोक्सो खराब गर्छ भन्ने जुन बुझाइ छ त्यो गलत हो र चुरोट प्रयोग गर्नेहरुमा मष्तिष्कघात र हृदयघातको समस्या बढिरहेको विषय आम मानिसले बुझ्नु जरुरी रहेको छ ।
     
    चुरोटको लत छोडाउनका लागि त्यसको विकल्पको रुपमा अघि सार्नुपर्दछ । धुम्रपान नियन्त्रण सम्बन्धि जनचेतनाका कार्यक्रममा केन्द्रित हुन जरुरी छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सूर्तिजन्य पदार्थ सेवन गर्ने र दीर्घरोगी उच्च जोखिममा रहेकाले सचेत हुन पर्दछ । धुमपानले विभिन्न किसिमका राग उत्पन्न गराउने र रोग प्रतिरक्षा क्षमता घटाउने भएकाले कोरोना संक्रमणको जोखिम उच्च रहने भएकाले धुमपानबाट टाढा रहनुपर्ने डब्ल्यूएचओको सुझाव छ । सूर्तिजन्य पदार्थ प्रयोग गर्नेहरुको मुख्य अंगहरु फोक्सो, मुटु, मिर्गाैला कमजोर हुने भएकाले उनीहरुलाई उनीहरुको रोग प्रतिरक्षा प्रणालिमा असर पुगिसकेको हुन्छ र यस्तो अवस्थाका मानिसलाई कोरोनाको संक्रमण भएमा झनै गाह्रो बनाउँछ र संक्रमितको मृत्युसमेत हुने जोखिम उच्च रहन्छ । 
     
    सूर्तिजन्य पदार्थको लतबाट आफूलाई टाढा राख्नुपर्छ र यसलाई सजिलै त्याग्न पनि सकिन्छ । यसका लागि चुरोटको लत लागेका व्यक्तिहरुले एक दुई खिल्ली तानेपछि चुरोट फालिदिनुपर्छ । पानी बारम्बार पिइरहनुपर्छ । सुकमेलहरु मुखमा राखिरहने गर्नाले पनि चुरोटको तलतल मेटिन्छ । यसका लागि चुरोटको लत लागेका व्यक्तिहरुले एक दुई खिल्ली तानेपछि चुरोट फालिदिनुपर्छ । पानी बारम्बार पिइरहनुपर्छ । सुकमेलहरु मुखमा राखिरहने गर्नाले पनि चुरोटको तलतल मेटिन्छ । किताब पढ्ने, टिभी हेर्ने लगायतका क्रियाकलापमा आफुलाई व्यस्त राख्नुपर्दछ ।   सरोकारवालाहरुले सूर्ती तथा चुरोट उद्योगहरुबाट नीति निर्माण तहका व्यक्तिहरु प्रलोभनमा पर्दा सूर्ति जन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन कार्यान्वयनमा लाग्नुपर्ने देखिन्छ । 
     
     सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सूर्ति जन्य पदार्थमा लाग्दै आएको करको दायरालाई बढाउनुपर्द छ । कर बढाउँदा राज्यको बिना लगानीमा हजारौं नागरिकको ज्यान जोगाउन सकिन्छ । सूर्ति उद्योगहरुले सामाजिक उत्तरादायित्व तथा चन्दाका नाममा उच्च तहका व्यक्तिहरु, डाक्टर, सरकारी अधिकारी, अस्पतालहरुलाई चन्दा लगायतका कुनै पनि बहानामा आर्थिक सहयोग गर्ने र त्यो सहयोग लिनेगर्दा नीति नियम कार्यान्वयनमा समस्या भइरहेको छ । यसलाई पनि रोक्न सक्नुपर्छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार