• सोमबार, १५ भदौ २०८३
  • images

    दुई करोड ६३ लाख ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीनजना पूर्व कर्मचारी पक्राउ

    दुई करोड ६३ लाख ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीनजना पूर्व कर्मचारी पक्राउ

    हेल्दीखबर
    बुधबार, जेठ २४ २०८०
    हेल्दीखबर
    बुधबार, जेठ २४ २०८०
    दुई करोड ६३ लाख ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीनजना पूर्व कर्मचारी पक्राउ

    काठमाडौँ, २४ जेठ । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारीहरु पक्राउ परेका छन्।

     अस्पतालको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा विगतमा अस्पतालमा कार्यरत दोलखा भीमेश्वर न.पा. वडा नं. ४ घर भई भक्तपुर ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी न.पा. वडा नं. ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँ जिल्ला का. म. न. पा. वडा नं.४ बालुवाटार बस्ने वर्ष ३४ का आशिष अर्याल छन्।

    प्रहरीका अनुसार अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको सुक्रा नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरेको आरोप लागेको छ ।

    अस्पतालले उनीहरूविरुद्ध बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिइ निजहरूबाट लिएको शुल्कभन्दा कम शुल्क सफ्टवेयरमा दाखिला गराई दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेको थियो ।

    उनीहरूमाथि अपराधिक लाभ तथा अपराधिक विश्‍वासघात सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुर प्रवक्ता एवम् सूचना अधिकारी नवराज कार्कीले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार