• सोमबार, १५ भदौ २०८३
  • images

    कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बुको राजिनामा

    कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बुको राजिनामा

    हेल्दीखबर
    बुधबार, जेठ १७ २०८०
    हेल्दीखबर
    बुधबार, जेठ १७ २०८०
    कोशी प्रदेशकी स्वास्थ्य मन्त्री लिम्बुको राजिनामा


    विराटनगर, १७ जेठ। कोशी प्रदेश स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिनुभएको छ । 

    २०७९ पुस २५ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । 
    स्वास्थ्यमन्त्री लिम्बूले पहिचान पक्षधरको आवाजलाई सरकारले वेवास्ता गरेकोले राजीनामा दिएको बतााउनुभएको  छ। 

    प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएपनि मुख्यमन्त्रीले वेवास्ता गरेको र पहिचान पक्षधरको आवाजलाई वार्ता र सम्वादमार्फत सम्बोधन गर्न प्रस्ताव गर्दा पनि अस्वीकार गरेकोले नैतिकताको आधारमा राजीनामा दिएको लिम्बूको राजीनामा पत्रमा उल्लेख छ । जसपा संसदीय दलको नेतासमेत रहेकी लिम्बूले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको राजनीनामा पत्रमा उल्लेख गर्नुभएको छ । आइतबार पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए। सो क्रममा स्वास्थ्य मन्त्रालयको झण्डै ४० लाख बढीको क्षति भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार