• सोमबार, १५ भदौ २०८३
  • images

    डा. तोसिमा कार्कीद्धारा मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा

    डा. तोसिमा कार्कीद्धारा मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा

    हेल्दीखबर
    सोमबार, मंसिर १९ २०७९
    हेल्दीखबर
    सोमबार, मंसिर १९ २०७९
    डा. तोसिमा कार्कीद्धारा मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा


    काठमाडौँ, १९ मंसिर । प्रतिनीधिसभा सदस्यमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिनुभएको छ । 
    काउन्सिलका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले ड. कार्कीले आइतबार काउन्सिलमा आइ राजिनामापत्र बुझाएको जानकारी दिनुभयो । 
    ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि डा कार्कीले मेडिकल काउन्सिलमा गई राजिनामा बुझाउनुभएको हो । 
    गतवर्ष अर्थात १२ मंसिर २०७८ मा सम्मन्न नेपाल मेडिकल काउन्सिलको सदस्य पदको निर्वाचनमा उहाँले अत्यधिक मतका साथ विजयी हुनुभएको थियो । 
     राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर क्षेत्र नं ३ मा उम्मेद्धार दिनुभएको थियो । 
     काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेद्धार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले डा.कार्कीको उम्मेद्धारी खारेज गरेको थियो । त्यसविरुद्ध डा कार्की सर्बोच्च अदालत गएपछि उहाको उम्मेदवार कायम भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार