• सोमबार, १५ भदौ २०८३
  • images

    क्यान्सर रोग सचेतना अभियानका लागि डा. अरुण शाही ‘सद्भावना दूत’ नियुक्त 

    क्यान्सर रोग सचेतना अभियानका लागि डा. अरुण शाही ‘सद्भावना दूत’ नियुक्त 

    हेल्दीखबर
    मंगलबार, जेठ १६ २०८०
    हेल्दीखबर
    मंगलबार, जेठ १६ २०८०
    क्यान्सर रोग सचेतना अभियानका लागि डा. अरुण शाही ‘सद्भावना दूत’ नियुक्त 

    काठमाडौं, १६ जेठ ।  पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराट्रिय समन्वय समितिको क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर ( सद्भावना दुत ) मा नियुक्त हुनुभएको छ।

    एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रीय समन्वय समितिको सचिवालयको निर्णय अनुसार अध्यक्ष माधब मरासिनीले क्यान्सर सचेतना अभियानका लागि डा. शाहीलाई  ब्राण्ड एम्बेसडर ( सद्भावना दुत )  नियुक्त गर्नुभएको हो। क्यालिफोर्नियामा  एक कार्यक्रमको आयोजना गरी डा. शाहीलाई सोमबार सद्भावना दूत नियुक्त गरिएको हो।

    अध्यक्ष मरासिनीले डा शाहीको कामको सम्मान गर्दै थप सफलताको शुभकामना दिनुभयो । साथै विश्वमा द्रुत गतिमा बढिरहेको क्यान्सर रोग निवारणको लागि गरिने अनुसन्धान, रोकथाम ,उपचारका लागि एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सदैव सहयोग सदभाव रहेने प्रतिबद्धता  व्यक्त गर्नुभयो । 

     महासचिव दिपेश लामाले आफ्नो छोरीलाई क्यान्सर रोग लागी अमेरिकामा उपचार गर्दाको अनुभव सुनाउनुभयो।
    उहाँले नेपालमै आधुनिक क्यान्सर अस्पताल खोल्न अत्यन्त आवश्यक रहेको  र त्यसको नेतृत्व लिनको लागि डा. शाही लाई आग्रह गर्नुभयो।
    यस्तै डा. शाहीले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिले गरेको सम्मानले आफुले क्यान्सरको रोकथाम तथा उपचारका क्षेत्रमा गरेको कामको इनामको रुपमा लिएको बताउनुभयो।  उहाँले सम्मानले क्यान्सरको क्षेत्रमा अझै राम्रो काम गर्न हौसला प्रदान गरेको  भन्दै आगामी दिनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले गरेका काम  विश्वसामू चिनाउन आफू सदैव लागिपर्ने बताउनुभयो।
     ‘मलाई सद्भावना दूत नियुक्त गरेर थप जिम्मेवार बनाएको छ, म नेपाल देश विश्वसामु चिनाउन हरपल लाग्ने छु,डा.शाहीको भनाइ थियो।’ 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार