• सोमबार, १५ भदौ २०८३
  • images

    पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

    पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

    हेल्दीखबर
    आइतबार, वैशाख २४ २०८०
    हेल्दीखबर
    आइतबार, वैशाख २४ २०८०
    पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु


    जनकपुर,२४ वैशाख  ।  पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । 
    जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो ।

    धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार बालक डुबेको खबर पाएलगत्तै प्रहरी टोली पुगेर दुवैलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेको थियो । राति ८ बजे दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
     
    शनिबार साँझ  वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको हो।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार