कुटनैतिक पहल गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह
काठमाडौं, ७ वैशाख । भारतको विभिन्न मेडिकल कलेजमा चिकित्सा शिक्षाको स्नातकोत्तर तह तथा सो भन्दा माथि अध्ययनरत नेपाली विद्यार्थी (रेजिडेन्ट डाक्टर)को निर्वाह भत्ता (स्टाइपेन्ड) का लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकलम दाहाललाई अपिल गरेका छन्।
प्रधानमन्त्री दाहालको भारत प्रमणको तयारी रहेकाले सो क्रममा आफ्नो समस्याबारे कुटनैतिक छलफल गरी समस्या समाधान गरिदिन आग्रह गर्दै विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका छन्।
भारतका मेडिकल कलेजहरुमा नेपाली विद्यार्थी स्नातकोत्तर तथा सो भन्दा माथिको कोर्ष अर्थात एमडी/एमएस, एमडिएस, डिएम तथा एमसिएच अध्ययनका लागि जाने गरेका छन्।
रेजिडेन्ट चिकित्सकले पनि अन्य चिकित्सकले जस्तै तोकिएको समयसम्म ड्यूटी गर्छन्। ड्यूटीमा खटिएबापत विद्यार्थीले निर्वाह भत्ता पाउनुपर्ने हुन्छ। नेपालमा अध्ययनरत विदेशी रेजिडेन्ट चिकित्सकले पनि निर्वाह भत्ता पाउदै आएका छन्।
भारतको अल इन्डिया इन्स्टिच्युट मेडिकल साइन्सेस (एम्स) नयाँ दिल्ली र ऋषिकेसले भने नेपाली रेजिडेन्ट चिकित्सकलाई स्टाइपेन्ड दिने गरेको छैन।
नेपाली रेजिडेन्ट डाक्टरले स्टाइपेन्ड नपाएको समस्याबारे जानकारी गराएका थिए ।
एम्स ऋषिकेसमा एमडी साइक्याट्रिक दोस्रो वर्ष अध्ययनरत डा सुनिल रेग्मीले एम्स ऋषिकेसमा मात्र स्टाइपेन्ड नपाउने नेपाली रेजिडेन्ट चिकित्सक १२० जना रहेको जानकारी दिनुभयो।
भारतीय रेजिडेन्टहरुले सरह काम गर्न परे पनि स्टाइपेन्ड भने नपाउँदा आफूहरुलाई दुख लागेको डा रेग्मीले बताउनुभयो।
दिनमा १२ घण्टासम्म ड्यूटीमा खटाइन्छ, तर यही सँगै काम गर्ने भारतीय साथीले निर्वाह भत्ता पाउँछन्, तर हामीले पाउँदैनौ,’ रेग्मीले भन्नुभयो , ‘सबै रेजिडेन्ट भएपनि समानता नहुँदा दुख लाग्छ।
डा पौडेलका अनुसार रेजिडेन्ट चिकित्सकहरुले सन् २०१८ मा पनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समस्या समाधानका लागि आग्रह गरेका थिए। सो पश्चात तत्कालिन प्रधानमन्त्री ओलीले भारत भ्रमणको क्रममा नेपाली रेजिडेन्ड चिकित्सकको समस्या समाधानका लागि कुटनैतिक पहल गरेका थिए। सो समयमा भएको कुटनैतिक पहल पछि २ वटा मेडिकल कलेज चण्डीगढको पोष्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्डा रिसर्च (पिजिआइएमइचार) र पोंडिचेरीको जवारहरलाल इन्स्टिच्युट अफ पोस्ट ग्य्राजुएट मेडिकल एजुकेसन एण्ड रिसर्चमा अध्ययनरत नेपाली रेजिडेन्ट चिकित्सकले निर्वाह भत्ता पाइरहेका छन् ।
हाल यी दुईवटा मेडिकल कलेजमा अध्ययनरत १२० देखि १५० नेपाली रेजिडेन्ट चिकित्सकले भने स्टाइपेन्ड रकम पाइरहेका छन्।
भारतमा रेजिडेन्ट चिकित्सकले ९० हजारदेखि एकलाखसम्म भारतीय रकम पाउने गरेका छन्।