काठमाडौं, १३ काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निर्वाह भत्तासम्बन्धी सुझावका लागि एक समिति गठन गरेको छ।
विद्यार्थी कल्याण समाज तथा प्रतिष्ठानका इन्टर्नहरुले निर्वाह भत्ता वृद्धि गर्न माग गरेपछि प्रतिष्ठानले समिति गठन गरेको हो।
डिन प्राडा कृष्णा पोखरेलको संयोजकत्वमा गठन गरिएको ९ सदस्यीय समितिले अन्य विश्वविद्यालय तथा प्रतिष्ठानमा भएको व्यवस्था समेतको अध्ययन गरी उचित राय, सुझाव तथा सिफारिस सहितको प्रतिवेदन पेश गर्नेछ।
समितिको सदस्यमा प्राडा शिवेन्द्र झा, प्राडा स्मृति कार्की, डा नारायण राज भट्टराई, डा इन्द्र लिम्बु, डा ओम शान्ति रजक, डा निशान्त दल्लाकोटी, डा प्रसान्त राई र डा रिवाज अधिकारी हुनुहुन्छ ।
समितिलाई ५ दिनभित्र ठोस राय,सुझाव तथा सिफरिस पेश गर्न जिम्मेवारी दिइएको छ।