• सोमबार, १५ भदौ २०८३
  • images

    निजामती अस्पतालका कर्मचारी आन्दोलित

    निजामती अस्पतालका कर्मचारी आन्दोलित

    हेल्दीखबर
    सोमबार, चैत ६ २०७९
    हेल्दीखबर
    सोमबार, चैत ६ २०७९
    निजामती अस्पतालका कर्मचारी आन्दोलित
    तस्विरः सन्तोष धिमाल


    काठमाडौँ, ६ चैत । निजामती कर्मचारी अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । 
    उनीहरुले अस्पताल व्यवस्थापनसँग ६ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्।

    उनीहरुले दिनहुँ  चिकित्सक तथा कर्मचारीले दिउँसो  १५ मिनेट विभिन्न माग सहितका प्लेकार्ड बोकेर अस्पतालको मूल ढोका अगाडि धर्ना बस्ने गरेका छन् । 
    निजामती कर्मचारी अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले व्यवस्थापनले माग पुरा नगरे सोमबार प्रशासनमा मात्रै तालाबन्दी गर्ने बताउनुभयो । मंगलबारबाट २४ घण्टे रिले अनसन बस्ने बताउनुभयो । 

    उहाँले व्यवस्थापन पक्षले कर्मचारीको वृद्धि विकास स्थायित्वको सुनिश्चित नगरी पदपूर्ति लागि अन्याय हुने गरी विज्ञापन गरेकाले पुनः आन्दोलनमा उत्रिनु परेको बताउनुभयो । 

     व्यवस्थापन पक्षले एकलौटी रूपमा पदपुर्तीसम्बन्धि विज्ञापन निकालेकाले त्यसको विरोधका लागि आन्दोलनमा उत्रिनु परेको उहाँको भनाई छ । 
    निजामती कर्मचारी अस्पताल कर्मचारी संघ, डाक्टर्स एसोसिएसन अफ निजामती हस्पिटल, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ निजामती अस्पताल कर्मचारी  एकाइ संयुक्त रूपमा विज्ञप्ति निकाल्दै आन्दोलनमा उत्रिएका हुन्।

    कर्मचारीका मागहरुः 

    No description available.

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार