• सोमबार, १५ भदौ २०८३
  • images

    अठासी महिलामध्ये १८ जनालाई क्यान्सर 

    अठासी महिलामध्ये १८ जनालाई क्यान्सर 

    हेल्दीखबर
    आइतबार, पुस १० २०७९
    हेल्दीखबर
    आइतबार, पुस १० २०७९
    अठासी महिलामध्ये १८ जनालाई क्यान्सर 

    धनगढी, १० पुस ।  धनगढीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ८८ जना महिलाको स्वास्थ्य परीक्षण गराउँदा १८ जना महिलाको पाठेघरमा क्यान्सर फेला परेको छ। 
    धनगढी उप–महानगरपालिकाको आयोजनामा भएको क्यान्सर रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८८ महिलाको पाठेघरको क्यान्सर  परीक्षण गर्दा १८ महिलाको पाठेघरमा क्यान्सर रहेको पुष्टि भएको हो। 
    शनिवार धनगढी उप–महानगरपालिकाको आयोजना तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको सहकार्यमा धनगढीमा एक दिने क्यान्सर रोग परीक्षण शिविरको आयोजना गरिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८६ जनाले सेवा लिएका हुन्। उनीहरूमा दुई सय २९ जना महिला र ५७ जना पुरुष रहेका थिए। ८८ जना महिलाको पाठेघरको क्यान्सरको परीक्षण गर्दा १८ जनामा पुष्टि भएको हो। १३ जनालाई थप परीक्षणका लागि पठाइएको छ। शिविरमा १४ जना क्यान्सरका बिरामी नियमित परिक्षणका लागि आएका थिए। ७४ जनाको भिडियो एक्सरेसमेत गरिएको छ। प्राध्यापक डाक्टर सुभेषराज कायस्थसहितको चिकित्सकको समूहले स्वास्थ्य सेवा दिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार