• सोमबार, १५ भदौ २०८३
  • images

    भरतपुर आँखा अस्पतालद्धारा सर्लाहीका तीन हजार बढी आँखाका बिरामीको उपचार 

    भरतपुर आँखा अस्पतालद्धारा सर्लाहीका तीन हजार बढी आँखाका बिरामीको उपचार 

    हेल्दीखबर
    शुक्रबार, पुस १ २०७९
    हेल्दीखबर
    शुक्रबार, पुस १ २०७९
    भरतपुर आँखा अस्पतालद्धारा सर्लाहीका तीन हजार बढी आँखाका बिरामीको उपचार 


    भरतपुर, १ पुस । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले सर्लाही पुगेर तीन हजार ३९ जना आँखाका बिरामीको उपचार गरेको छ। अस्पतालले मंसिर २२ देखि २९ गतेसम्म दुई ठाउँमा शिविर सञ्चालन गरी आँखा परीक्षण र शल्यक्रिया गरेको हो।

    अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार डाक फाउण्डेशनको सहयोगमा, गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा आधारभूत स्वास्थ्य चौकी गडौटामा मंसिर २३ देखि २७ गतेसम्म शिविर सञ्चालन गरिएको हो।

    उक्त शिविरमा ८९४ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको उनले जानकारी दिए। सो शिविरमा मंसिर २६ र २७ गते २४१ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया गरिएको छ।

    यस्तै सर्लाहीकै हरिवनमा रहेको चतुरभुजेश्वर शिव मन्दिरमा शिविर गरिएको छ। मंसिर २३ गतेबाट २९ गतेसम्म सञ्चालित उक्त शिविरलाई डाक फाउण्डेशनले सहयोग गरेको थियो भने गोडैता नगरपालिका र सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनले सहकार्य गरेका थिए।

    उक्त शिविरमा दुई हजार १४५ जनाको निःशुल्क आँखा परीक्षण र औषधि वितरण गरिएको घिमिरेले जानकारी दिनुभयो । सो शिविरमा २६२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।


    दुवै शिविरमा भरतपुर अस्पतालका नेत्ररोग विशेषज्ञ डा। पुष्पा गिरी श्रेष्ठ र डा रञ्जित साहले उपचार तथा शल्यक्रिया गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार