• सोमबार, १५ भदौ २०८३
  • images

    हेटौँडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु

    हेटौँडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु

    हेल्दीखबर
    आइतबार, मंसिर २५ २०७९
    हेल्दीखबर
    आइतबार, मंसिर २५ २०७९
    हेटौँडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु

      हेटौंडा,२५ मंसिर । मवानपुरको हेटौँडा अस्पतालमा आइतबारदेखि सिटीस्क्यान सेवा सुरु भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडाको सरकारी अस्पतालमा पहिलोपटक सिटीस्क्यान सेवा सुरु भएको हो ।

    बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडा अस्पतालमा दैनिक ३० जनासम्म बिरामीका लागि सेवा दिन मिल्ने गरी सिटीस्क्यान मेसिन सञ्चालनमा आएको हो ।


    हेटौँडा अस्पतालमा सिटी स्क्यान नहुँदा बीमाबाट उपचार गराउने बसरामीहरु चितवन रिफर हुनुपर्ने अवस्था रहेको थियो । उहाँले अस्पतालले छिट्टै एमआरआई सेवा पनि सञ्चालनमा ल्याउने  बताउनुभयो ।

    नेपाल सरकारबाट ५० शय्या सञ्चालन अनुमति पाएको अस्पतालले अहिले ३ सय शय्यासम्म सञ्चालन गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले ओपिडीमा दैनिक ७ सय, आकस्मिकमा दैनिक १ सय ५० भन्दा धेरै बिरामीको उपचार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार