४ हजार मतको सम्मान गर्न मेडिकल काउन्सिलबाट राजिनामा नदिएको दाबी
काठमाडौँ, १३ कात्तिक । ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार दिनुभएकी डा. तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने बताउनुभएको छ ।
निर्वाचन आयोगले डा. कार्कीले लाभको पदमा रही भत्ता बुझेको भन्दै शनिबार उम्मेदवारी अयोग्य भएको विज्ञप्ती जारी गरेको थियो । डा. कार्कीले आफूलाई आधिकारिक पत्र नपाए पनि समाचारमा उम्मेदवारी खारेजीको बारेमा जानकारी पाएको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा बैठक भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकाले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने दाबी गर्नुभएको छ ।
आफूले यो विषयमा थप स्पष्ट हुनलाई न्यायक्षेत्रमा क्रियाशिल रहेका अधिवक्ताहरुसँग परामर्श गरेको भन्दै अधिवक्ताबाट पनि मासिकरुपमा पारिश्रमिक नआउने कुनै पनि पद लाभको पद नरहने सुझाव पाएँको दाबी गर्नुभयो । ।२०७९ भदौ २८ गते आयोगमा मनोनयनको २५ दिन अगाडी एक सचेत र जिम्मेवार उम्मेदवारको भुमिका निभाउदै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको उहाँको दाबी छ ।
तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ नदिएको डा.कार्कीको आरोप छ । आफूल्े कानुनमा जरुरी नभएको र ४ हजार सदस्यहरुको मतले नीतिनिर्माणमा पुगेकोले ती मतहरुलाई घात नगर्न नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा नदिएको तर्क उहाँको छ ।
समय सकिए पछिको उजुरीलाई आधार मानेर आफैले समयमा प्रष्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही बिषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दै उहाँले जसरी उजुरी समय पछि आए पनि निर्णय गरियो, त्यसरी नै आयोगले उम्मेदवारी दर्ता गर्नु भन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय नगरेको उहाँले आरोप लगाउनुभएको छ ।
निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिने भन्दै । स्पष्टिकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखिकरणसम्म नगरि निर्णय गर्नु थप शंकास्पद हुने उहाँको भनाइ छ ।
ललितपुर ३ मा आफ्नो पक्षमा राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जाने घोषणा उहाँले गर्नुभएको छ । उहाँले सम्पूर्ण समर्थक तथा शुभचिन्तकज्यूहरुलाई कत्ति पनि विचलित नभई उच्च मनोवलले साथ निरन्तर दिनहुन अनुरोध गर्नुभएको छ ।
हेर्नुहोस् डा.कार्कीको भनाइः
निर्वाचन आयोगलाई डा.कार्कीले लेखेको पत्रः