• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्रीलाई १२ वर्ष अघिदेखि मधुमेह

    स्वास्थ्य मन्त्रीलाई १२ वर्ष अघिदेखि मधुमेह

    हेल्दीखबर
    सोमबार, कात्तिक २८ २०७९
    हेल्दीखबर
    सोमबार, कात्तिक २८ २०७९
    स्वास्थ्य  मन्त्रीलाई १२ वर्ष अघिदेखि मधुमेह

    काठमाडौँ, २८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ १२ वर्ष अघिदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्छ । 


    विश्व मधुमेह दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले आफू १२ वर्ष अघि देखि मधुमेह रोग पीडित रहेको बताउनुभयो । 


     तपाईहरु यहाँ भएकामध्ये कसैलाई मधुमेहको औषधि सेवन गर्नुभएको छ भन्दै कार्यक्रममा मन्त्री खापुङले सोध्नुभएको थियो । कार्यक्रममा उपस्थित कोहीले पनि मधुमेहको औषधि सेवन नगरेको पाइएपछि उहाँले आफू १२ वर्षदेखि औषधि सेवन गरीरहेको जानकारी गराउनुभयो ।

    स्वास्थ्य शिविरमा गएर स्वास्थ्य परीक्षण गराउँदा  आफूलाई मधुमेह भएको र काठमाडौँ आई चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्न थालेको बताउनुभयो । 
     उहाँले मधुमेहका बिरामीलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको बताउनुभयो । 


     स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाँइले नसर्ने रोगको प्रकोप बढीरहेको बताउनुभयो । 
    नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा.फणिन्द्रप्रसाद बरालले सरकारले दुई किसिमका मधुमेहका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिनुभयो । 
       

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार