गोरखा,७ कार्तिक । गोरखा अस्पतालमा ड्युटीमै रहेका बेला डा. अविनाश पराजुलीमाथी कुटपिट भएको छ। ओपीडीमा कार्यरत गोरखा अस्पतालका मेडिकल अफिसर डा. अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले ढोका थुनेर कुटपिट गरेको थियो। अस्पतालका अनुसार एक महिला ओपीडीमा थाइराइडको परीक्षणका लागि पुग्दा रिपोर्ट अर्को ल्याउनुपर्ने भन्दै चिकित्सकले फर्काएको र पछि तीन जना युवाको समूहले कुटपिट गरेको अस्पतालले जनाएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन हरिकुमार श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी गरी कानुन वमोजिम कारबाहीको लागि अस्पताल व्यवस्थापन समितिले माग गरेको जानकारी दिनुभयो । ‘ओपीडीमा कार्यरत डक्टरमाथि सुनियोजित रुपमा कुटपिट भयो,’ अस्पताल विकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले बताउनुभयो ।
कुटपिटमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताउनुभयो। ए । एक महिला थाइराइडको नियमित जाँचका लागि जानुभएको रहेछ, डक्टरले पहिलेको रिपोर्ट मागेपछि बाहिरबाट आएका तीन युवाले कुटपिट गरेका रहेछन् भन्दै ।कुटपिटमा संलग्नको पहिचान भइसकेको बताउनुभयो ।