• सोमबार, १५ भदौ २०८३
  • images

    आज धन्वन्तरी तथा आरोग्य दिवस मनाइँदै

    आज धन्वन्तरी तथा आरोग्य दिवस मनाइँदै

    हेल्दीखबर
    आइतबार, कात्तिक ६ २०७९
    हेल्दीखबर
    आइतबार, कात्तिक ६ २०७९
    आज धन्वन्तरी तथा आरोग्य दिवस मनाइँदै

    काठमाडौं, ६ कात्तिक ।  आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरी सम्झनामा आइतबार धनवन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ। प्रत्येक वर्ष कात्तिक त्रयोदशीका दिन धन्वन्तरी दिवस मनाउने गरिन्छ । 
    जडीबुटीमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति तथा आयुर्वेदका प्रवर्तक धनवन्तरीको सम्झनामा  धनवन्तरी तथा राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ।
    नरदेवी आयुर्वेदिक चिकित्सालयले पनि आज धन्वन्तरी दिवस मनाएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि धन्वन्तरी दिवस मनाएको छ । 

     विश्वकै प्राचीन चिकिस्तापद्धति मानिएको आयुर्वेदका प्रणेता धनवन्तरीको उत्पति भएको दिनको सम्झनामा धन्वन्तरी दिवस मनाइन्छ ।  धनवन्तरीको कात्तिक त्रयोदशीका दिन उत्पति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो। २०५६ सालदेखि  धन्वन्तरी  जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा  मनाउन थालेको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार